2026-07-05 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री बादलले प्रचण्डलाई भेटेर भने- ‘ओलीको कार्यशैली ठीक भएन’

चैत २४, काठमाडौं । शनिबार बिहान प्रचण्ड निवासमै पुगेर गृहमन्त्री बादलले ओलीको कार्यशैली ठीक नभएको भन्दै गुनाशो पोखेका छन् । 

आज बिहान प्रचण्डनिवास खुमलटारमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा गुनाशो पोखेका थिए । बादलको गुनाशोसँगै प्रचण्डले सचिव सरुवा बारे प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ । 


गृहमन्त्री बादलले प्रधानमन्त्रीले गरेको सचिवहरुको सरुवाप्रति लक्षित गर्दै ओलीप्रति आक्रोश पोखेका हुन् । उनका अनुसार मन्त्रीलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका हुन् ।

यस बिषयमा शुक्रबार राति ९ बजेदेखि १२ बजेसम्म माओवादी नेताहरुको गोप्य बैठक समेत बसेको थियो । बैठकमा माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै भारतबाट र्फकनासाथ ‘अब्जेक्सन’ जनाउने निर्णय गरेको बुझिएको छ । गृहसचिवमा नियुक्तिमा ओलीले मनोमानी गरेको प्रति बादल असन्तुष्ट भएका हुन् । ओलीले गृहमन्त्रालयमा समेत जानकारी नदीई ओलीभक्त प्रेम राईलाई ल्याइएको र राईले ओलीबाहेक अरु कसैलाई नगन्ने गृहमन्त्रीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै