नेकपा माओ"/>
चैत २५, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छिन् ।
नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश-काठमाडौं संघीय जनसम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री मगरले निरन्तरको फ्लोअप गरेपछि अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ मा गर्न लागेको बताएकि हुन् ।
उनले भनिन् – 'मन्त्रालयमा आएपछि मैले सुरुङ खन्ने कामको निरन्तर फ्लोअप गरेँ । प्रगति विवरण लिएँ कामको प्रगति हेर्दा आगामी दशैंअघि वैकल्पिक मार्गबाट काठमाडौसम्म मेलम्चीको पानी पुर्याउन सकिन्छ ।'