2026-07-05 10:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध अनुभवको उचाईमा उभिएर नयाँ युगको रेखा कोर्नुपर्छ: मन्त्री पोखरेल

2018-04-09

भीम लामा/चैत २६, काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै समृद्ध अनुभवको उचाईमा उभिएर नयाँ युगको मार्गदर्शन गर्नुपर्ने बताए । 


अब देश राजनीतिक अस्थिरताबाट उन्मुक्ति पाईसकेकोले राजनीतिक अधिकारको लडाई सकिएको भन्दै सामाजिक चेतना अभिवृद्धिमा लाग्न र राजनीतिक परिवर्तनका लडाईबाट प्राप्त अनुभावलाई तौलिएर समाज परिवर्तनमा राजनीतिक दलहरु लाग्नु पर्ने बताए । 


सामाजिक चेतनाविना विकास नहुने भन्दै पोखरेलले गैरसरकार संस्था तथा सरकारका पक्षबाट समेत इमान्दारिताका साथ चेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरे । 

नेपाल आखाँ अस्पताल त्रिपुरेश्वरको ४४ औं वार्षिकोत्सव समाराहेलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अस्पतालको अधिकतम सफलताको लागि शुभकामना व्यक्त गर्दै अस्पताललाई सरकारबाट आवश्यक सहयोगको लागि अनुकुल वातावरण रहेको र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रमुख अतिथि समेत रहेका मन्त्री पोखरेलले त्यस अस्पतालमा शल्यक्रिया गरिएका ४४ जना मोतिबिन्दुका विरामीहरुलाई मेडिकल निर्देशक डा. इन्दुप्रशाद ढुंगेलको सहयोगमा सांकेतीक रुपमा आँखाको पट्टि खोलेर चश्मा प्रदान गरेका थिए । 

कार्यक्रममा अस्पताल सञ्चालक समितिका पूर्व अध्यक्षद्वय यादब खरेल र जनार्दन आचार्य तथा सञ्चालक समितिका सदस्यहरु कृष्णप्रसाद भण्डारी र सोमना पोखरेललाई सम्मान गरिएको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै