२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जालसाँजी गरी नगरको केन्द्र सारेको भन्दै न्याय माग्न काठमाण्डौमा

२६ चैत्र २०७४, सोमबार १४:५७

टेकबहादुर शाही | चैत्र २६, डोल्पा | डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै न्याय माँग्न कैन्द्रीय प्रदेश काडमाण्डौ पुगेका छन । नगर प्रमुख गणेशबहादुर शाही तथा प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोवाट जालसाँजी गरि केन्द्र सारेको निर्णयप्रति आपत्ति जनाउदै केन्द्री राजधानीमा पुगेका हुन । उनीहरुले उक्त दुषित निर्णय तत्काल सच्याउनको लागि चेतावनी समेत दिएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पदाधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले नगरपालिकाको प्रथम बैठकमा निर्णय नभएका विद्येयकहरु निर्णयुपुस्तिकामा नलेखिएको, र प्रस्तावमै नआएको र छलफल नै नभएको केन्द्र जुफाल सार्ने निर्णय गलत र जालसाजी गरेर गराईएको आरोप लगाए । उनले भने,‘हामीलाई थाहै नदिईकन गराईएको यो निर्णय खारेज हुनुपर्छ, हामी नगरवासीहरु आजको दिनसम्म आन्दोलित नै छौं।’

नगरपालिका घोषणा गर्ने र त्यस्तो सुविधा, शर्त, मापदण्ड र भौतिक पुर्वाधार पुरा गरेको नगरलाई केन्द्र तोक्ने राज्य पुर्नसंरचना आयोगको निर्णय वमोजिम ठुलीभेरी नगरपालिकाको केन्द्र दुनै तोकिएको उपप्रमुखको दावी रहेको छ । 


यस्तो गलत र दुषिद निर्णय गराउनेहरुको कामकारवाहीले आफूहरुकोे सम्मानपुर्वक वाच्न पाउने हक, विचार र अभिव्यक्तिको स्वतन्त्रता, समानताको हक तथा नगरसभालाई दिएको हक अधिकारको समेत हनन भएको शाहीको गुनासो छ । उनले भने,‘दुषित र जालसाज गरि पछि घुसाइएको उक्त निर्णयको व्यहोरा पनि दुषित र विरोधाभाषपुर्ण रहेको छ । केन्द्र सार्ने जस्तो सम्वेदनसिल विषय पुच्छारमा लेखिनु नै पछि थपिएको भन्ने स्वतः पुष्टि हुन्छ ।’

उता नगरप्रमुख गणेशबहादुर शाहीले भने जनताको हित र सबैलाइ पायक पर्ने भएकोले असार ३१ गते नगरसभाको पहिलो बैठकले केन्द्र जुफाल सार्ने निर्णय गरेको दावी गरेका छन । उनि भन्छन नगरपालिका जनातको हितमा छ सबै कानुनी प्रकृया र मापदण्ड पुगेको छ केहि ब्यक्तिको निजी स्वार्थका कारण केन्द्र बिबादमा पारिएको हो । 

केन्द्र बिबादमा पारेर नगरका उपप्रमुखले जनताको सार्वभौम अधिकारको हनन गर्न लागेको भन्दै जनताको सामु आफु गलत नभएको भ्रम फैलाउन सम्मानित सर्बोच्च अदालत सम्म पुगेको नगर प्रमुख शाहीको आरोप छ । उनि भन्छन जनतालाइ भ्रम फैलाइदै छ हामी जनताको काम गर्न आएका हौ जनताले सिँहदरबारको अनुभुति गर्ने काम र सेवा प्रदान गरौ । 

केन्द्रको बिबाद सर्वोच्चमा पुगे पछि हाल बिचाराधिन अबस्थामा रहेको छ । यहि चैत्र २० गते मुद्धामाथि छलफल भए पछि केन्द्र सार्ने सम्बन्धी सक्कल कागजात पेश गर्न भन्दै बाटो म्याद बाहेक १५ दिनको समय दिएर दुबै पक्षलाइ सर्बोाच्चले फर्काएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो