२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जालसाँजी गरी नगरको केन्द्र सारेको भन्दै न्याय माग्न काठमाण्डौमा

२०७४, २६ चैत्र सोमबार १४:५७

टेकबहादुर शाही | चैत्र २६, डोल्पा | डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै न्याय माँग्न कैन्द्रीय प्रदेश काडमाण्डौ पुगेका छन । नगर प्रमुख गणेशबहादुर शाही तथा प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोवाट जालसाँजी गरि केन्द्र सारेको निर्णयप्रति आपत्ति जनाउदै केन्द्री राजधानीमा पुगेका हुन । उनीहरुले उक्त दुषित निर्णय तत्काल सच्याउनको लागि चेतावनी समेत दिएका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पदाधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् । नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले नगरपालिकाको प्रथम बैठकमा निर्णय नभएका विद्येयकहरु निर्णयुपुस्तिकामा नलेखिएको, र प्रस्तावमै नआएको र छलफल नै नभएको केन्द्र जुफाल सार्ने निर्णय गलत र जालसाजी गरेर गराईएको आरोप लगाए । उनले भने,‘हामीलाई थाहै नदिईकन गराईएको यो निर्णय खारेज हुनुपर्छ, हामी नगरवासीहरु आजको दिनसम्म आन्दोलित नै छौं।’

नगरपालिका घोषणा गर्ने र त्यस्तो सुविधा, शर्त, मापदण्ड र भौतिक पुर्वाधार पुरा गरेको नगरलाई केन्द्र तोक्ने राज्य पुर्नसंरचना आयोगको निर्णय वमोजिम ठुलीभेरी नगरपालिकाको केन्द्र दुनै तोकिएको उपप्रमुखको दावी रहेको छ । 


यस्तो गलत र दुषिद निर्णय गराउनेहरुको कामकारवाहीले आफूहरुकोे सम्मानपुर्वक वाच्न पाउने हक, विचार र अभिव्यक्तिको स्वतन्त्रता, समानताको हक तथा नगरसभालाई दिएको हक अधिकारको समेत हनन भएको शाहीको गुनासो छ । उनले भने,‘दुषित र जालसाज गरि पछि घुसाइएको उक्त निर्णयको व्यहोरा पनि दुषित र विरोधाभाषपुर्ण रहेको छ । केन्द्र सार्ने जस्तो सम्वेदनसिल विषय पुच्छारमा लेखिनु नै पछि थपिएको भन्ने स्वतः पुष्टि हुन्छ ।’

उता नगरप्रमुख गणेशबहादुर शाहीले भने जनताको हित र सबैलाइ पायक पर्ने भएकोले असार ३१ गते नगरसभाको पहिलो बैठकले केन्द्र जुफाल सार्ने निर्णय गरेको दावी गरेका छन । उनि भन्छन नगरपालिका जनातको हितमा छ सबै कानुनी प्रकृया र मापदण्ड पुगेको छ केहि ब्यक्तिको निजी स्वार्थका कारण केन्द्र बिबादमा पारिएको हो । 

केन्द्र बिबादमा पारेर नगरका उपप्रमुखले जनताको सार्वभौम अधिकारको हनन गर्न लागेको भन्दै जनताको सामु आफु गलत नभएको भ्रम फैलाउन सम्मानित सर्बोच्च अदालत सम्म पुगेको नगर प्रमुख शाहीको आरोप छ । उनि भन्छन जनतालाइ भ्रम फैलाइदै छ हामी जनताको काम गर्न आएका हौ जनताले सिँहदरबारको अनुभुति गर्ने काम र सेवा प्रदान गरौ । 

केन्द्रको बिबाद सर्वोच्चमा पुगे पछि हाल बिचाराधिन अबस्थामा रहेको छ । यहि चैत्र २० गते मुद्धामाथि छलफल भए पछि केन्द्र सार्ने सम्बन्धी सक्कल कागजात पेश गर्न भन्दै बाटो म्याद बाहेक १५ दिनको समय दिएर दुबै पक्षलाइ सर्बोाच्चले फर्काएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी