2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निसन्तानको कथामा बन्ने भयो प्रसाद, नम्रता–बिपिनको जोडी बाधिने

चैत, काठमाडौं । दिनेश राउत निर्देशकी नयाँ चलचित्र ‘प्रसाद’ बन्ने भएको छ । अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई जोडी बनाएर चलचित्र निर्माण गर्न लागिएको सोमबार राजधानीमा आयोजीत कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा चलचित्र निर्माणको घोषणा सँगै ‘थेम’ पोष्टर सार्वजनिक गरियो । कार्यक्रममा चलचित्रको टीम चिनाइएको थियो । 

सुभाष थापा निर्माता रहेको यो चलचित्रको कथा रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक राउतले भिन्न कथामा चलचित्र निर्माण गर्न लागेको बताए । प्रेम कथाको चलचित्र धेरै बनाउँदै आएको अनुभवसँग प्रेमसँगै चलचित्रमा पारिवारिक द्धन्द्ध देख्न पाइने उनले बताए । ‘यो भन्दा अघि प्रेमकथाका चलचित्र हेर्दै आउनुभएका दर्शकका लागी त्यस्तो पुरै फरक नै छत भन्दिन तर फरक कथामा प्रेमसँगै पारिवारीक द्धन्द्ध पाउनुहुनेछ’, निर्देशक राउतले भने । यस्तै उनले निसन्तान परिवारको कथामा चलचित्र घुम्ने बताए । चलचित्रमा रुवाउने र हँसाउने कम हुनसक्ने उनको भनाई छ । ‘चलचित्रले रुवाउने र हँसाउने नगरेपनि केहि सोच्नभने बाध्य बनाउँछ’, उनी भन्छन् ।

अभिनेत्री नम्रताले आफुँ बिवाहित महिलाको भूमिकामा चलचित्रमा देखिने बताइन् । उनले बिगत १ बर्षदेखीनै यस चलचित्रको टीमसँग गाँसिएको र कथा निकै मन परेकोले इच्छुक भएको बताइन् । यस्तै अभिनेता बिपिनले राम्रो चलचित्र निर्माण गर्ने टीमसँग आफुले काम गर्न पाउँदा खुसी लागेको बताए । 

चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् भने सुभाष थापा यो चलचित्रको निर्माता हुन् । चलचित्रमा नवीन मानन्धरको पनि प्रमुख भूमिका छ । कोशिस क्षेत्री र सुवास भुषालको चलचित्र संगीत रहनेछ ।  चलचित्र टीम आउँदो बैशाखको अन्तिमसाताबाट छायांकनमा निस्कने बताइयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई