२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

२७ चैत्र २०७४, मंगलवार १०:५८

चैत २७ काठमाडौँ | मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । 

चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । 

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो । 

करीब रु ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ । 


सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको र यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्न सके समृद्धिको यात्रामा सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले नेपालजस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्य ऊर्जा प्रणाली अति उपयोगी र सान्दर्भिक हुने भन्दै यसलाई समृद्धिको आधारका रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो । 


प्रधानमन्त्री ओलीले मुलुक राजनीतिक संक्रमण व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै समृद्धिको यस अभियानमा अधिक उद्योग स्थापना र रोजगारी सिर्जना गर्न तथा पूर्वाधार विकास, सम्पर्क सञ्चाल विस्तारका निम्ति सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । 

“दोहोरो अंकको आर्थिक वृद्धि र परिणाम देखिने गरी देशको विकास गरेर जनतालाई अनुभूत गराउँछौँ त्यसका लागि हाम्रा काम कारवाहीलाई तीव्र गतिमा अघि बढाउन जरुरी हुन्छ”, उहाँले भन्नुभयो । 

चीनसँगको सदियौँदेखिको पारस्परिक सम्बन्धलाई थप उचाइमा पु¥याई आपसी हितका साझा कार्यक्रमलाई समन्वयात्मक ढङ्गले अघि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । 

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले परियोजनाबारे जानकारी दिँदै वातावरण व्यवस्थापन र विकासमा सौर्य ऊर्जा परियोजना महत्वपूर्ण भएको बताउनुभयो । 


चिनियाँ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा महत्वपूर्ण परियोजना भएको उल्लेख गर्नुभयो । चीन विश्व अर्थतन्त्रको शक्तिशाली मुलुक भएको र पर्यटनको हिसाबले पनि अथाह सम्भावना रहेको भन्दै उहाँले नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाउनुभयो । 

यसअघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङले सम्पन्न परियोजनामा हस्ताक्षर गर्नुभयो । 


सो अवसरमा प्रधानमन्त्री ओली, चिनियाँ राजदूत होङलगायतले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको सौर्य प्रणालीको अवलोकन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य