तश्विरमा: कतारको लेसेल सिटीमा बनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तश्विरमा: कतारको लेसेल सिटीमा बनेक"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनै बेला भोकै तड्पीने देश, आज विश्वमै सबैभन्दा धनि, लाखौँ नेपालीलाई रोजगार दिन्छ !

२८ चैत्र २०७४, बुधबार ०१:००

चैत २८, काठमाडौँ | कतारमा अल थानी परिवारले १९९० भन्दा अघिदेखि शासन गरेको छ, त्यतिबेला यो ब्रिटेनको सुरक्षामा थियो ।


तश्विरमा: कतारको लेसेल सिटीमा बनेको ट्विन टावर ।

सास | साउदी अरब र कतारको बीचको तनाव कम हुने अवस्था छैन । साउदीले कतारको समृद्धि देखि सहेको छैन त्यसैले उसले कतारलाई कहिलै राम्रो नजरले हेर्दैन । कतारको गन्ति संसारका त्यस्ता देशमा गनिन्छ कि, जसले निकै कम समयमा निकै धेरै सफलता हाँशिल गरेको थियो । १९७० सम्म यो देश करीब-करीब अरुको गुलाम बनेर रहेको थियो । इंटरनेशनल मोनेटरी २०१७ को रिपोर्ट अनुसार, यो देशको जीडीपी लिस्ट हेर्ने हो भने अहिले यो देशको नाम विश्वकै सबैभन्दा पहिलो नम्वरमा आउँछ । 

कतारमा अल थानी परिवारले १९९० पहिले देखि शासन गरेका हुन्, त्यतिबेला यो ब्रिटेनको प्रोटेक्शन मा थियो । १७ जुलाई १९१३ मा शेख अब्दुल्ला बिन कासिम अल थानी कतारको के शासक बनेका थिए । यो देशले सुरुवातमा माछा र मोतीको ब्यापार गर्थ्यो । तर १९२० मा मोतिको ब्यापारमा निकै गिरावट आयो, जसको कारण यहाँका जनता गरीब, भोकमरी र बिभिन्न रोगका सिकार बने । त्यतिबेला कतारको अवस्था निकै दयमय अवस्थामा थियो । 

कतार पुगेका धेरै नेपालीलाई यो देशको प्रगतिको बारे जानकारी छ: 


१९३९ मा यहाँ आयल (तेल) को खोजी भयो । त्यस पछी दोश्रो विश्वयुद्ध हुँदासम्म अर्थात १९४९ सम्म यहाँ विस्तारै केहि विकास भयो । तर १९५१ मा कतारले दैनिक ४६ हजार ५ सय ब्यारल आयल निकाल्न थाल्यो । यसको मूल्य करीब २८ करोड थियो । त्यहाँको कम्पनीले समुद्रको साथै थप स्थानहरुमा पनि आयल खोज्यो । त्यसको कारण कतारमा दैनिक आयल उत्पादन २ लाख ३३ हजार ब्यारल हुन थाल्यो ।

१९५० मा बन्यो पहिलो स्कूल र हस्पिटल


नयाँ उत्पादन स्रोतबाट कतारको शासकको गोजी भरिन थाल्यो । १९५० मा यहाँ पहिलो स्कूल, हस्पिटल, पावर प्लान्ट र टेलीफोन एक्सचेन्ज हुन थाल्यो । १९६० को दशकमा देशको नाफा नसोचेको तरिकाले बढ्न गयो । अल थानी परिवारले देशमा आफ्नो पकड थप बलियो बनायो । परिवारले हरेक सरकारी पोस्टमा आफ्नो परिवारको सदस्य तैनाथ गर्यो । जसलाई सोचेभन्दा बढी फाइदा दिन थाल्यो ।

१९७१ मा ब्रिटेनसंग छुट्कारा 


१९७१ मा कतार स्वतन्त्र भयो । ब्रिटेनले सुएज कनालबाट आफ्नो सबै सेना फिर्ता लग्यो । २२ फेब्रुअरी १९७२ मा पीता अमीर अहमद इब्न अलीलाई हटाएर खलीफा इब्न हमद आफै शासक बने । उनले रोयल फेमलीको खर्चमा कटौती गरेर सर्वसाधारणसँग जोडिएका विषयमा लगानी बढायो जसको कारण कतारका नागरिकहरु पनि धनि बन्न थाले । सामाजिक कार्यक्रम, घर, स्वास्थ्य, शिक्षा र पेन्सनसँग जोडिएको काममा कतारले कमाएको पैसा खर्च हुन थाल्यो ।

ग्याँस भण्डार भेटेपछि थप धनी 


१९७१ मा यहाँ ग्यासको भण्डार पनि भेटियो, तर पेट्रोलको उत्पादन लगातार भएपछी ग्याँस भण्डारको बिकास गरिएन । रूस र ईरानपछि कतारमा ग्याँसको सबैभन्दा धेरै भण्डार छ । यहाँको ग्याँसको रिजर्भ क्षेमता ८९६ ट्रिलियन क्यूबिक फीट छ । १९८० मा आयलको मूल्य घटेपछि १९८९ मा ग्यास रिजर्वको विकास शुरू भयो, तर त्यतिखेर उत्पादनको अवस्था कम्जोर थियो । 


१९९५ मा शेख हमद बिन खलीफा अल थानीले आफ्नो बुबा अमीर खलीफा बिन अहमदबाट कतारको शासन आफ्नो हातमा लिए । शेख हमदले नयाँ तरिकाले कतारको इकोनोमी बिकास गर्नको लागि निर्देशन दिए । उनले सबैभन्दा पहिले प्राकृतिक ग्याँस रिजर्वको जोडदार विकास गरे । यसको उत्पादन बढ्यो र कतारले पहिलो पटक लिक्विड नेचुरल ग्याँसको बाहिरी देशमा पठाउने कामको सुरुवात गर्यो । अन्तराष्ट्रिय कम्पनीहरुको मद्दतले कतारमा १४ लिक्वड ग्याँस प्लान्ट्सहरु खुले ।

अमेरिकी सेनाले दियो सुरक्षा


१९९० को दशकमा कतारले अन्तराष्ट्रिय कम्पनीहरुसँग मिलेर विश्वमा आफ्नो देशको आयल उत्पादन पठाउन थाल्यो । १९९६ मा कतारले ठूलो अल उदैद एयर बेस तयार गर्यो जुन अमेरिकी सेनाको लागि उपयोगी रह्यो । अमेरिकी सेनासँग मिलेपछि कतार निकै सुरक्षित बन्यो । १९९७ मा कतारले जापान र स्पेनसँग लंग टर्म एग्रीमेन्ट् (सम्झौता) गर्यो । त्यसैको आधारमा उसले उत्पादन गरेको प्राकृतिक ग्याँसहरु दिन थाल्यो । पछी उसका उत्पादन अरु देशले पनि किने ।

शैक्षिक सिटी र रिसर्च सेंटर


१९९८ मा यहाँको सरकारले एजुकेशन सिटी विकास गर्यो । यस लगत्तै अमेरिकाका ६ र यूरोपका २ यूनिभर्सिटी (विश्वविद्दालय) खुले । यहाँ रिसर्च सेन्टर पनि खुले । २००३ मा यहाँ कतार इन्वेस्टमेन्ट अअथोरिटी (क्यूआईए) बन्यो । जसको काम आयल-ग्यासबाट पाइने रकमबाट अर्को काममा लगाएर नाफा लिन सुरु गरियो । क्यूआईएले ठूलो स्तरमा बारक्लेज बैंक, हेरोड्स, पोर्शे, फक्सवेगन र पेरिस सेन्ट जर्मन फुटबल टीममा लगानी गर्यो । क्यूआईए मार्फत कतारले लन्डनमा सबैभन्दा ठूलो रियल इस्टेट होल्डर्सको परिचय पायो । वेस्ट यूरोपको उच्च बिल्डिङ र क्षेत्रमा इन्भेस्ट गर्दै अन्य क्षेत्रमा पनि कतारले बिल्डिङहरु किन्यो । जस मार्फत कतारको बिजनेस थप बढ्यो । 

फीफा वर्ल्ड कप गर्ने अवसर 


२००५ मा कतार फाइनेन्शियल सेन्टर बन्यो । देशको नेताहरुलाई थाहा थियो कि उनीहरुनै गल्फ देशको फाइनान्शियल लीडर बन्न्छन् । २००६ मा लिक्विड नेचुरल ग्यास एक्सपोर्ट गर्नमा कतारले इन्डोनेशियालाई पछाडी पर्यो । डिसेम्बर २०१० मा कतारमा फीफा वर्ल्ड कप २०२२ हुने भन्दै छानियो । कतारले यस ठूलो टूर्नामेन्टको लागि १२ स्टेडियम बनाउने भयो । जुन स्टेडियम बिशेष कूलिङ टेक्नोलोजीका साथ बनाईदैछ । कतारले स्पोर्टिङ हबको रुपमा पनि आफ्नो पहिचान बनाएको छ । यो देशले कयौं टूर्नामेन्ट होस्ट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान