२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका स्थानीय तहका जनप्रतिनिधिहरु भाषणकला सिक्दै

२०७४, ३० चैत्र शुक्रबार ०६:५४

चैत्र ३० पर्वत । स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला सिक्दै छन् | कुश्मामा आयोजना भएको भाषणकला तालिममा उनीहरु बोल्ने सीपको विकास गरेका हुन्। जनताबाट चुनिए तर बोल्ने कला (भाषणकला)को विकास नहुदाँ असहज र समस्या भएको भन्दै जनप्रतिनिधिहरु भाषणकला तालिममार्फत आफूमा बोल्ने कलाको विकास गर्दै छन् ।


इन्टिच्युट अफ मल्टिपल टेक्नोलोजि एण्ड एजुकेशन(आइएमटिइ)ले आयोजना गरेको ९ दिने भाषणकला तालिममा सहभागी भएर भाषण गर्ने तरिका सिकेका जनप्रतिनिधिहरु पहिलेको तुलनामा आफू निकै सक्षम भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णुप्रसाद न्यौपानेले भाषणकला तालिम निकै प्रभावकारी भएको बताए । 


संसार बोल्नेकै हातमा छ, जो बोल्छ उसैले जित्छ भन्ने सोचका साथ व्यक्तित्व विकासका लागि संचालन गरिएको तालिमबाट धेरै कुराहर सिकेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । 

उक्त तालिममा कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरु समेत सहभागी थिए । जनप्रतिनिधि भैसक्दा समेत आफूमा बोल्ने कलाको विकास नभएका कारण नागरिकसामु आफ्ना कुराहरु राख्न नसकेकोले पनि तालिममा सहभागी भएको जनप्रतिनिधिले बताए ।

कार्यक्रममा स्थानीय शान्ति समितिमा पूर्व संयोजक इश्वर पौडेल, कुश्मा नगरपालिका ७ का सदस्य बाबुराम सुवेदी, युवासंघ पर्वतका सदस्य नारायाण प्रसाद शर्मा, कृष्णप्रसाद रेग्मी, ट्राफिक प्रमुख महेन्द्र रानाभाट, लायन्स क्लब अफ कुश्मा सिटीका गोविन्दराज पुरी, संगित तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका सदस्य प्रकाश गिरी, पर्वत स्टेशनरी व्यवसायी संघका अध्यक्ष रमेश प्रसाद पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ