२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलदेबताले परिचित “रांगमछेलो”

२०७५, २ बैशाख आईतवार १२:३०

टेकबहादुर शाही | बैशाख २, डोल्पा | डोल्पाको जगदुल्ला गाउपालिकामा जलदेबताका रुपमा रागमछेलो परिचत देवता मानिन्छन । पूस्तौ पहिले देखि जगदुल्ला गाउपालिकाको चौरिकोटमा ओखरेना भन्ने डाडामा यस जलदेवताको मन्दीर रहेको छ । “सुख्खा खडेरि परेको बेलामा यस जलदेवता रागमछेलोको पुजा तथा आरधना गरेको खण्डमा बर्षाहुने बिश्वास रहेको स्थानीय भिमबहादुर बुढाले ब्यक्त गरे” । 

“निकै शक्तिशाली मानिने रागमछेलो देवताले सन्तान नहुनेलाइ शन्तानको बर्दान समेत दिने र सन्तानको सुखलाभ लिने अर्का पुत्रिलाभ पाएका भक्तजन नन्दबहादुर लामाले जानकारि दिए” । उनले भने बिहेगरेको बर्षौ सम्म पनि कयौ उपचार गर्दा सन्तानको जन्म दिन नसकेको मेरो परिवारमा जलदेवाता रागमछेलो भेटे पछि सन्तानको मुख देख्न पाए ।

बर्षको तिन वटा पूर्णिमामा बिशेष पुजा हुने यस देवताको दर्शन गर्नको लागि बिभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेको पुजारी हाँपुली बस्नेतले बताए । उनका अनुसार अहिलेको युगमा देवताको बिश्वास मान्ने थोरै होलान तर रागमछेलोलाइ भेटेपछि सबैले देवाता मान्छु भन्छ । उनि भन्छन दर्शन गरे पछि दैबिक शक्तिको अगाडि सबै झुक्छन किनकी जलदेवाताले कहिले झुटो बोल्दैनन । 


जगदुल्ला गाउपालिकामा अधिकाँश मानिसहरु यस देवताको दर्शन गर्नको लागि घरको काम छोडेर हिडेका हुन्छन । केहि वास बस्ने गरि जान्छन भने कति बिहान गएर साँझ घर फर्किन्छन । दर्शनमा जाने भक्तजनहरु भन्छन सबै दुखको साहरा रागमछेलो देवाता हो हामीले चाहेको पुरा हुन्छ ।

बिहे गर्ने साइत देखि घरनिर्माण,टाढाको यात्रा,ब्यापार लगायत राजनिती गर्नको लागि पनि यस क्षेत्रका स्थानीयहरु जलदेवता रागमछेलो देवादलाइ सोधेर मात्र जाने गर्दछन । करिब ४५ बर्ष उमेर भएका धामी सुरबहादुर बस्नेत लामालामा लटा पालेका हेर्दै डरलाग्ने खालका छन । उनको दिनचर्या नुहाइधुवाइ गर्ने पुजापाठ गर्ने र धामी बस्नेमै सकिन्छ । 

हरेक दिन सयौको सख्यामा पुजापाठ र दर्शन गर्न आउने यस मन्दीरमा स्थानीय सरकार अर्थात गाउपालिकाले ५ लाख ५० हजार नगदमा एक मन्दीर निर्माण गरिदिएको गाउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । उनले भने जनताको बिश्वास रहेको मन्दीरमा भगवानका लागि धेरै भक्तजन बस्न मिल्नेगरि मन्दीरको निर्माण गरेको बतए । गाउपालिकाको बैठकमा सबै जनप्रतिनिधिले जलदेवता रागमछेलोको मन्दीर निमार्ण गर्नको लागि बिशेष बजेटको ब्वयस्थापन गर्नु पर्ने माग राखे पछि सोहि अनुसार मन्दीरको निर्माण गरेको जगदुल्ला गाउपालिकाको दावी छ । 


बर्षको ३ पटक बिशेष पुजा हुने यस मन्दीरमा सयौको सख्यामा बलि चढाउने गरिन्छ । मनको ईच्छा पुरा हुने र मनैबाट रागमछेलोलाइ बलिदिन मन लाग्ने भएकोले बलि चढाउने गरेको भक्तजनहरु बताउछन ।  बलिचढाउन करकाप त छैन तर देवातका नाममा ल्याएका बलिहरु भने चढाउनलाइ कुनै रोकतोक भने नभएको स्थानीय नरबहादुर बोहोरा बताउछन । उनि भन्छन हाम्रो जोतिष,भगवान जे भनेपनि रागमछेलो नै हो नसोधेर कुनै पनि काम हामी गर्दैनौ । 

दैबिक शक्तिमा निकै प्रख्यात मानिने देवताको मन्दीरमा बिभिन्न खाले ठुलाठुला मुद्धाहरु समेत फैसला हुने गरेको पुजारी हापुली बस्नेतले जानकारी दिए । उनले भने यस क्षेत्रका जनता प्राय उजुरीको लागि प्रहरिकोमा जादैनन चोरेका वा अन्य कुनै पनि किसिमका मुद्धाहरु रागमछेलोले नै फैसला गर्ने गरेका छन । 


“खडेरि परेका बेलामा यस देवतलाइ पुजा गरे पनि पर्ने,दुख पर्दा भाकल गरे मागेको र सोचेको पुरा हुने भएकोले त्याहाका स्थाानीयहरु बिरामी हुने बित्तिकै स्वास्थय सँस्थामा जादैनन” । बिरामी भएको बेलामा पहिले भुत वा देवता लागेको भन्दै धामीकोमा जाने र त्यता निको नभए पछि अन्तीममा स्वास्थ्य चौकिहरुमा जाने गर्दछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी