८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको टिम कोलकाताद्वारा ७१ रनले पराजित

३ बैशाख २०७५, सोमबार १८:१९

बैशाख ४, काठमाडौँ | आइपिएल अन्तर्गत सोमबार रातिको खेलमा कोलकाता नाइटराइडर्सद्वारा दिल्ली डेयरडेविल्स ७१ रनले पराजित भएको छ | दिल्ली नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम हो | 

सोमबारको खेलमा ऋषभ पन्तले ४३ रन बनाए | दिल्लीलाई ८६ रनको स्कोर हुँदा चौथो झड्का लागि सकेको थियो | दिल्ली डेयरडेविल्सको पारीको शुरुआत जेसन रोय र गौतम गंभीरले गरेका थिए तर, पहिलो ओभरमा जेसन रोय १ रन बनाएर आउट भए | त्यस्पछि १३ रन जोड्दा श्रेयस अय्यर ४ रन बनाएर आउट भए भने तेश्रो ओवरमा २४ रनको स्कोर जोडेको दिल्लीले कप्तान गौतम गंभीरलाई ८ रन मात्र बनाउन दिएर बोल्ड गर्यो |


पाँचौं ब्याट्सम्यानको रुपमा आएका राहुल तेवतियाले १ रन मात्र बनाएर आउट भए | दिल्लीले ९७ रनको स्कोरमा पाँचौं विकेट गुमायो | म्याक्सवेलले ४७ भन्दा बढी रन जोड्न सकेनन् | ११३ रनको स्कोरमा कुलदीप यादवको बलिङमा म्याक्सवेल समेत आउट भएपछी दिल्ली निरिह बन्यो | 


त्यसपछिका खेलाडीहरु कलकातासँग टिकेर खेल्न सकेनन् |  दिल्लीलाई ११७ रनको स्कोरमा ७ औं झड्का लाग्यो | त्यसपछि दिल्लीको आठौँ विकेट झर्यो | १२८ को स्कोर बनाउँदा दिल्लीले नवौं विकेट गुमायो | अन्त्यमा १ मात्र विकेट बाँकी रहँदा उक्त विकेट ट्रेन्ट बोल्ट, जसले १ रन पनि बनाउन नसकी आउट भएपछी दिल्ली ७१ रनले पराजित बन्न पुग्यो | दिल्लीले १४ ओभरको खेलमै १२९ रनको स्कोर बनाई अल आउट हुन पुग्यो | 


यस अघि ब्याटिङ गरेको कोलकाताका लागि नीतीश रानाले अर्धशतकको अलावा आन्द्रे रसेल र रबिन उथप्पाको मद्धतबाट जोडदार रन जोड्न सफल भयो | उसले निर्धारित २० ओभरको खेलमा २००/९ रन बनाएको थियो | अन्तिम ओभरमा भने दिल्लीले सानदार खेल खेल्यो | अन्तिम ओभरमा दिल्लीका बलर राहुल तेवतिले तीन विकेट लिएर ह्याट्रिक गरे | खेलमा आन्द्रे रसेलले १२ बलमा ४१ रन, जसमा उनले ६ छक्का प्रहार गरेका थिए | त्यस्तै नीतीश राणाले ५९ रन ३५ बलमा हानेका थिए | 

दिल्लीको खेल नेपाली क्रिकेट समर्थकहरुको लागि चासोको  बिषय छ, किनकी उक्त टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछाने पनि अनुबन्धित छन् ।

दिल्लीसँग अनुबन्धित भएका नेपाली सन्दिपले अहिलेसम्म्को चार खेलमै टिम ११ मा परेका छैनन् । तर उनको लागि दिल्लीसँगको अनुबन्ध अनुभवको लागि भए पनि निकै ठूलो मानिएको छ । यस अघि २ खेलमा हार ब्याहोरेको दिल्लीले १ खेलमा जितेको छ भने आजको खेल सहित ३ खेल हार व्यहोर्न पुगेको छ तर आजको खेल दिल्लीका लागि निकै खराब रह्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता