2026-07-06 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी, अरु के के भए ?

2018-04-17

प्रकाश सिलवाल/वैशाख ४ काठमाडौँ | पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । 

पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् । 

महासचिव पोखरेलले भन्नुभयो, “हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो । अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्काे संयोजन समितिको बैठकले निर्णय गर्नेछ ।” 

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिनुभएको छ । 

प्रतिवेदनहरुले यही वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गत चैत २२ को संयोजन समितिको बैठकमा निर्णय भएको थियो । यसबीच दुई दलका शीर्ष नेताको बैठक नहुँदा उक्त मिति पर सर्र्ने आशंका देखिएका बेला आजको बैठकमा मिति तय गर्न पनि दुई अध्यक्षको समझदारीपछि निर्णयमा पुग्ने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

संयोजन समितिको बैठकलगत्तै अध्यक्षहरु ओली र दाहालबीच बालुवाटारमा आपसी भेटवार्ता शुरु भएको छ । महासचिव पोखरेलले यही वैशाख ५ गते विद्यार्थी भर्ना अभियानका लागि नेता र मन्त्रीहरु काठमाडौँ बाहिर जाने भएकाले वैशाख ६ गते मात्रै औपचारिक तयारी हुने जानकारी दिनुभयो । उहाँले दुई अध्यक्ष तयारीमा लाग्ने भएकाले वैशाख ९ गते एकता घोषणा नहुने भन्ने अहिल्यै भन्न नसकिने बताउनुभयो भने केन्द्रका नेता श्रेष्ठले सो दिनका लागि तयारी नपुग्ने देखिएको जनाउनुभयो । दुवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ मा एकता गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका हुन् । 

दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५०÷५० हुनुपर्ने माग माओवादी केन्द्रबाट आएको हो भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यसरी छलफल नभएको जिकिर गर्दै भन्नुभयो, “पार्टी एकता हुने भइसकेपछि त्यस्तो विषय विवाद हुँदैन, व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा जिम्मेवारी दिइन्छ, हामीले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक एवं राष्ट्रियसभा निर्वाचनको तालमेलका लागि पृथक् पृथक् ढाँचामा उम्मेदवारी तय गरेको अभ्यास हामीसँग छ ।” 

महासचिव पोखरेलले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार गरेर एकतापछि एमाले र माओवादी केन्द्र नरही नयाँ दल बन्ने भएकाले ‘जनयुद्ध’लाई हेर्नेजस्ता विवादमा नअल्झिई उन्नत चेतनाका साथ अघि बढ्ने पनि स्पष्ट गर्नुभयो । एमालेले एकताको तयारीका लागि यही वैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै