१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छालाको समस्या हटार्इ अनुहारमा चमक ल्याउन अपनाउनुस् यी घरेलु तरिकाहरू

४ बैशाख २०७५, मंगलवार १२:०२

छालामा चमक ल्याउन वा छालाको सुन्दरतामा थप रौनकता ल्याउन चाहनुहुन्छ भने तपाइँ आफ्नै भान्छामा भएका चिजहरूको सदुपयोग गरी आफ्नो इच्छा पुरा गर्न सक्नुहुन्छ ।

यी टिप्सहरू अपनार्इ तपाइँ आफ्नो छालाको सुन्दरता बढाउनुहोस् र आफूमा आत्मविश्वास जगाउनुहोस् ।

१. एक चम्चा श्रीखण्ड चन्दन पाउडरमा एक चिम्टी बेसार र त्यसमा एक चम्चा दुध मिलाएर गाढा मिश्रण तयार गर्नुहोस् र उक्त पेस्ट वा मिश्रणलार्इ अनुहारमा लगाउनुहोस् । करीब बीस मिनेटपछि मुख धुनुहोस्, यसले तपाइँको अनुहारमा थप चमक ल्याउनेछ ।

२. एक चम्चा ताजा दुधको तरमा तीन-चार बदाम मसिनो बनाएर पिसेर मिसाउनुहोस् । यसमा चार-पाँच थोपा कागतीको रस मिलार्इ मिश्रण तयार गर्नुहोस् । सो मिश्रणलार्इ अनुहार वा गर्दनको वरपर लगाउनुहोस् । लगभग २० मिनेट जति पछि हातले बिस्तारै माड्दै यसलार्इ सफा गर्नुहोस् । यसले सौन्दर्यमा निखार ल्याउँछ ।

३. पाकेको मेवाको गुदीलार्इ राम्रोसँग मिचेर अनुहार, गर्दन वा हातमा लगाउनाले दाग वा धब्बाहरू सजिलैसँग हट्दछ ।

४. चामलको एक चम्चा पिठोमा दुर्इ चम्चा बाक्लो दही मिसाएर पेस्ट बनाउनुहोस् । यसलार्इ आफ्नो अनुहार वा हातमा लगाएर हल्का माड्नुहोस् । छ-सात मिनेटपछि सफा गर्नुहोस् ।

५. तीन चम्चा गहुँको पिठोमा एक चम्चा बेसन, एक चम्चा मह, एक चम्चा दही राम्ररी फिट्नुहोस् । त्यसलार्इ अनुहारमा लगाएर २० मिनेट रहन दिनुहोस् र त्यसपछि सफा गर्नुहोस् ।

६. एक चम्चा सेतो तिलमा एक चम्चा बेसार मिसाएर बाक्लो मिश्रण तयार गर्नुहोस् । अब उक्त मिश्रणलार्इ अनुहारमा लगाउनुहोस्, छालामा चमक आउनेछ ।

७. यदि तपाइँको छाला सुख्खा छ भने राती सुत्नुभन्दा पहिले बदाम वा नरिवलको तेल लगाएर हातगोडाको मसाज गर्नुहोस् । त्यसपछि काँक्रो काटेर सुस्तरी त्यसमाथि दल्नुहोस् । केही समयपछि सफा कपडाको सहायताले पुछ्नुहोस् ।

८. रुखो छालाको समस्या हटाउनु छ भने तीन चम्चा महमा एक चम्चा बदामको तेल र एक चम्चा जैतुनको तेल मिलाएर मज्जासँग फिट्नुहोस् । अब यसलार्इ आवश्यक ठाउँमा लगाएर आधा घण्टा जति रहन दिनुहोस् । पछि हल्का मनतातो पानीले पखाल्नुहोस् ।

९. कागतीको बोक्रालार्इ सुकाएर पाउडर बनाउनुहोस् र यसमा एक चम्चा बेसार र अलिकति दुध मिसाएर पेस्ट बनाउनुहोस् । यसरी तयार पारिएको पेस्ट छालामा लगाउनुहोस् र केही समयपछि

रगडेर उक्त स्क्रबलार्इ हटाउनुहोस् । अब तपाइँको छाला चम्किन लाग्नेछ ।

१०. तीन चम्चा बाजरे ( पर्ल मिलिट) को पिठोमा चार-पाँच चम्चा दुध र एक चम्चा ग्लिसरीन मिसाएर पेस्ट बनाउनुहोस् । यसलार्इ लगाएर पाँच मिनेटजति राखेर बिस्तारै उप्काउनुहोस् ।

११. दुर्इ चम्चा गोलभेडाको रसमा चार चम्चा दही मिसाएर राम्रोसँग फिट्नुहोस् । अनुहार वा घाँटी वरपर लगाएर केही समयपश्चात् सफा गर्नुहोस् ।

१२. केराको गुदीलार्इ राम्ररी मिचेर थोरै मह मिसार्इ अनुहारमा लगाउनाले मइस्चराइजरको काम गर्दछ ।

१३. अनुहारलार्इ कोमल र मुलायम बनाउन टमाटर, काँक्रो वा सुन्तलाको रस लगाउनुभयो भने यसले टनिकको काम गर्छ जसले छालालार्इ चम्काउँछ ।

१४. एक चम्चा चनाको दाललार्इ दुधमा रातभर भिजाउनुहोस् । बिहान यसलार्इ पिसेर बेसार, दुधको तर तथा दुर्इ-तीन थोपा गुलाबजल मिसाएर अनुहारमा लगाउनुहोस् । सुकेपछि हातले हल्कासँग रगडेर यसलार्इ हटाउनुहोस् । यसले अनुहारमा रौनकता ल्याउँछ ।

१५. दुर्इ वा तीन दाना बदामलार्इ रातभर दुधमा भिजाएर राख्नुहोस् र बिहान यसलार्इ पिसेर अलिकति बेसार मिसार्इ सो मिश्रणलार्इ अनुहारमा लगाउनु भयो भने अनुहारको सुन्दरता दुर्इ गुणा बढ्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल