२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आठ लेनको बाहिरी चक्रपथ बन्ने भयो ! हरेक किलोमिटरमा एक उपभोक्ता समिति बन्ने

२०७५, ४ बैशाख मंगलवार १८:०६

वैशाख ४, काठमाडौं । सरकारले काठमाडौंमा ८ लेनको बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ ।

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६.६ किलोमिटरको जग्गा एकीकरणका लागि उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएको छ । ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बनाई सोहि समितिमार्फत् निर्माण गर्ने प्रारम्भिक योजना छ । 

अबको दुई वर्षभत्रै चक्रपथको ट्रयाक खोल्ने योजना छ । सरकारले । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।

योजना अनुसार पहिलो चरणमा चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा एकीकरणका लागि प्राधिकरणले जिम्मा पाएको छ । चक्रपथ तत्काल बनाउने योजना अनुसार अब जग्गा एकीकरणको लागि जिल्ला प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गर्नेछ । सडकमा पर्ने जग्गा अधिग्रहणपछि पहिलो खण्डमा सात हजार आठ सय रोपनी जग्गा सरकारको नाममा आउनेछ । जसमा करिब २५ सय रोपनी सडककै भागमा पर्नेछ भने बाँकी जमिनलाई सरकारले व्यवस्थित आवास क्षेत्रका रुपमा विकास गर्नेछ । बाँकी क्षेत्र स्थानीयवासीसँग ‘गिभ एन्ड टेक’ मोडेल अनुसार जग्गाधनीलाई नै फाइदा हुनेगरी प्रदान गरिने छ । 

मन्त्रालयका अनुसार चक्रपथको दायाँ-बायाँ २५०/२५० मिटर जग्गा एकीकरण हुन्छ तर सबै जग्गा सडकले लिंदैन ८ लेनको सडक बनेपछि सरकारले अहिले लिएको जग्गा व्यवस्थित बस्तीको रुपमा बिकास गरि विभिन्न पूर्वाधार बनाइदिनेछ र त्यसको प्रत्यक्ष लाभ जग्गा धनीले नै लिनेछन 

बाहिरी चक्रपथमार्फत चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी जोडिने छन् । त्यस्तै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमा पनि यो जोडिनेछ । जसको लम्बाई ७२ किमिको हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित