2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिमानको लक्ष्यसहित १७ वर्षीय बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

वैशाख ५ काठमाडौँ | ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् । 

युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये पहिलो हुन लागेका टरटिचिनमीले बिहीबार तिब्बतको ल्हासातर्फबाट सगरमाथा आरोहण थाल्न लाग्नुभएको आज ग्लोबल एक्सन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उहाँसँगै अन्य २० युरोपेली आरोहीको टोली सगरमाथा चढ्न लागेको हो । उहाँका पिता पनि आरोही हुनुहुन्छ । 

बाह्र वर्षको उमेरदेखि आरोहण यात्रा थाल्नुभएका टरटिचिनमीले बेलायतस्थित आफूले पढ्ने चार्टर विद्यालयका करीब ८०० विद्यार्थीबाट संकलन गर्ने करीब रु १३ लाख र अन्य सहयोगबाट नेपालको शिक्षामा सहयोग गर्नुहुनेछ । 

हालसम्म सातवटा हिमाल आरोहण गरिसकेका उहाँले यसअघि अफ्रिकाको पाँच हजार ७२० मिटर अग्लो किलिमञ्जारो आरोहरणमा प्रयास गर्नुभएको थियो । सन् १९७३ मा नेपालका शम्भु तामाङले १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर कम उमेरको कीर्तिमान कायम गर्नुभएको थियो भने सन् २०१० मा संयुक्त राज्य अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरोले सर्वाेच्च शिखरमा पाइला टेक्नुभएको थियो । 

ग्लोबल एक्सन नेपालका राष्ट्रिय निर्देशक बाबुकाजी श्रेष्ठले विद्यार्थी जीवनमा साहस र पवित्र लक्ष्यका साथ आरोहरणमा लागेका टरटिचिनमीले सहयोगले नेपालको शिक्षामा योगदान दिने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई