३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा जनप्रतिनिधिले बल्ल संघियताबारे जानकारी लिदै

५ बैशाख २०७५, बुधबार १३:५९

टेकबहादुर शाही | बैशाख ५, डोल्पा । संघियता लागु भएको बर्ष बिति सक्दा पनि संघियताका बिषयमा जानकार छैनन डोल्पामा जानप्रतिनिधिहरु । पहिलो पटक केन्द्र स्तरका कानुन तथा संघियताका बिज्ञहरुबाट जिल्लाबाट पहिलो पटक जानकारी लिएका छन । कर्णालीको बिकास सम्बन्धीत जनचेतनामूलक र राज्य पुर्न संरचना पश्चात कानुनी र समाजिक भुमिका बिषयक कार्यक्रममा स्थानीय बिकास मन्त्रालयका पूर्व सचिव श्यामप्रसदा मैनालीले बताएका हुन । 

नेपालको संघिय प्रणालीका स्थानीय सरकारले कसरि काम गर्ने, जवाफदेहि हुने र जनतालाइ संघियताको वास्तवीक अनुभुति गराउने भन्ने बिषयमा नजानकारी गराउन स्थानीय सरकारको भुमिका रहेको श्यामप्रसाद मैनालीले बताए । उनले भने संघिय प्रणालीमा सबै भन्दा मह्त्वपूर्ण मानव संसाधन ब्वयस्थापन भएकोले जनतालाइ उत्तरदायी र जवाफदेहि बनाउन आवास्यक छ भने स्रोत साधनको अभाबका टुक्रीने खालको ब्यवस्थापन हुनु हुदैन ।

मात्र स्थानीय सरकार र गाउगाउमा सिँहदरबार आयो भन्ने मात्र सुनेका डोल्पाका जानकारीकले हाल सम्म संघियताको वास्तवीक अर्थ प्रयोगबारे जान्न नपाएको जिल्ला सन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए । हरेक नागरिकले समान अधिकार र सबैलाइ मिलाएर लैजाने लोकतन्त्रले मात्र संघियता सफल हुने र जनताले पाउने सेवाप्रबाहका साथै सुबिधा जव सहज तबमात्र संघियता हुने बिज्ञहरुले जानकारी गारएका थिए ।  

संघियता पछि संघ,प्रदेश र स्थानीय तहमा सबै अधिकार गएको र जिल्ला समन्वय समितिलाइ अधिकार बिहिन बनाएको भन्दै डोल्पा जिल्ला समन्वय समितिका पदाधीकारीहरुले गुणासो गरेका छन । समन्वयको पद भनेको जनप्रतिनिधिहरु मात्र जम्मा गरिदिने भयो स्थानीय तहमा अनुगमन र खवरदारी गर्ने अधिकार दिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले माग राखे । उलने भने भन्दा समन्वय भन्ने ब्याबाहारमा भने बेमतलवी बनाएको छ सरकारले । 

स्थानीय तहमा सेवा प्रबाह कसरि गर्ने र सरकारी निकायको भुमिका के रहने भन्ने बिषयलाइ डोल्पाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रष्ट पारेका थिए । उलने भने संघिय ब्यवस्था पछि गाउगाउमा सिंहदरवार भनेको सरकारी निकाय अर्थात राज्यले दिने सेवा सहज बनाउनका लागि संघियता लागु भएको जनताको सजहता नै संघियता हो । 

आधारभुत सेवाहरु जनताले घरदैलोमा सेवा पाउने सहजताको अनुभुति गराइ सेवा प्रबाह गर्नु नै संघियता भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । उनले भने संबिधानको अनुसुचि ५,६,७ र ८ मा तहगत सरकारको अधिकार सुचिकृत गरेकोले सोहि अनुसार सेवाहरु प्रबाह गर्नु पर्ने हुन्छ । 

संघिय प्रणालीको स्थापना भए संगै ७ सय ५३ वटा स्थानीय तहमा अधिकार होइन वडावडामा अधिकार दिनु पर्छ तव मात्र जनताले पाउने सेवा प्रभाबकारी हुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दावी गरे । उनले भने म भ्रष्टचार गर्दिन,तपाइ पनि नर्गनुस र गर्नेलाइ पनि छोड्दिन प्रधानमन्त्रीले भने जस्तो अब स्थानीय तहका जनप्रतिनिधिले पनि उक्त मन्त्र लागु गर्नु पर्छ । जव सम्म त्यसो गरिदैन तवसम्म बिकास र सेवाप्रबाह प्रभाबकारी हुदैन नत्र भने गाउगाउमा सिंहदरबार होइन सिँहदरबारको भ्रष्टचार गाउगाउमा हुने ठोकुवा गरे ।  


कर्णाली प्रदेश सबै भन्दा अल्पबिकसित प्रदेश भएको कारण जनतप्रतिनिधि र जनताले चाहे जस्तो सेवा र संघियताको महसुस गर्न नसकेको कर्णाली प्रदेशका निमित्त प्रमुख सचिव कलानिधि पौड्लले स्वीकारे । उलने भने अब मुख्यमन्त्री कार्यालय र कर्णाली प्रदेशको संसदको बैठक आफुले सञ्चालन गर्ने भएको कारण कर्णालीका दुर्गम जिल्लामा समेत संघियताको अनुभुति हुने खाले कार्यनितिहरु संसदमा छलफलमा लैजाने बताए । 

केहि प्रदेशका स्थानीय जनप्रतिनिधिहरुको सेवा सुबिधाहरु प्रदेश सरकारले तोकि सकेको र अब कर्णाली प्रदेशमा पनि स्थानीय देखि समन्वय सम्मका जनप्रतिनिधिहरुको सेवासुबिधाहरु तोकिने सचिव पौड्ेलले जानकारी दिए । उनले भने मुख्य न्याधिबक्ताको नियूक्ति हुने बित्तिकै सेवासुबिधा तोकिने प्रतिबद्धता गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली