८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL- कोलकाताद्वारा राजस्थान ७ विकेटले पराजित, ८ टिममा कुन टिम कतिऔं स्थानमा ?

५ बैशाख २०७५, बुधबार १८:३२

वैशाख ६, काठमाडौँ | आइपीएल ११ अन्तर्गत बुधबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेलमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो र कोलकाता नाइट राइडर्सलाई जीतको लागि १६१ रनको लक्ष्य प्रस्तुत दिएको थियो | जुन लक्ष्य कोलकाताले १८.५ ओभरमै ३ विकेट मात्र गुमाएर १६३ रन बनाएर पुरा गर्यो | 


राजस्थानको लागि डार्सी शर्टले सर्वाधिक ४४ र कप्तान अजिन्क्य रहाणेले ३६ रनको योगदान दिए | शर्टले ४३ बलमा ४४ रन बनाएका थिए, उनले पाँच चौका र एक छक्का प्रहार गरे बहने रहाणेले १९ बलमा ३६ रन बनाए | उनले पनि पाँच चौका र एक छक्का प्रहार गरे | रहाणे र शर्टले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरेका थिए | 

खेलको पछिल्लो स्थितिमा राजस्थानले एकाएक विकेट गुमाउंदै गयो जसको कारण दवाब बढ्दा उसले १६० रन मात्र जोड्न सक्यो | १६० रनको स्कोर पनि खेलको पछिल्लो ५ ओभरमा राजस्थानले ४८ रन बनाउँदा बटुलेको रन थियो | राजस्थानको विकेट लिने क्रममा कोलकाताको लागि नीतीश राणाले ११ रनमा २ विकेट, टम कुरेनले १९ रन दिएर २ विकेट हाँशिल गरे | यसको अलवा पीयूष चावलाले १८ रन दिएर एक विकेट, कुलदीप यादवले २३ रन दिएर एक विकेट र शिवम मावीले ४० दिएर एक विकेट लिए | 


राजस्थानले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा आएको कोलकाता नाइट राइडर्सका लागि सुरुमै एक रन पनि नबनाउदै क्रिस लिनको विकेट गुम्यो | उनलाई कृष्णप्पा गौतमको बलले बोल्ड गरेको हो । लिनपछि रबिन उथप्पा र सुनील नरेनले ६९ रनको साझेदारी गरे । उथप्पाले ४८ रन र नरेनले ३५ रन बनाए । जुन स्कोर कोलकाताको जितका लागि निकै महत्वपूर्ण बन्यो | त्यसपछि नट आउट रहेर नितिस राना र दिनेश कार्तिकले पारी सम्हाल्दै कोलकातालाई जित दिलाए | खेलमा दिनेश कार्तिकले २३  बलमा ४२ रन जोडे भने नितिस रानाले २७ बलमा ३५ रन जोडेका थिए | कोलकाताले आजको खेल जितेसँगै आइपीएलको हालसम्मको स्कोरमा रनरेटको आधारमा सबैभन्दा शिर्ष स्थानमा पुगेको छ | 


हेर्नुहोस् आइपिलएलमा कुन टिम कतिऔं स्थानमा छ ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता