२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL- कोलकाताद्वारा राजस्थान ७ विकेटले पराजित, ८ टिममा कुन टिम कतिऔं स्थानमा ?

२०७५, ५ बैशाख बुधबार १८:३२

वैशाख ६, काठमाडौँ | आइपीएल ११ अन्तर्गत बुधबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेलमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो र कोलकाता नाइट राइडर्सलाई जीतको लागि १६१ रनको लक्ष्य प्रस्तुत दिएको थियो | जुन लक्ष्य कोलकाताले १८.५ ओभरमै ३ विकेट मात्र गुमाएर १६३ रन बनाएर पुरा गर्यो | 


राजस्थानको लागि डार्सी शर्टले सर्वाधिक ४४ र कप्तान अजिन्क्य रहाणेले ३६ रनको योगदान दिए | शर्टले ४३ बलमा ४४ रन बनाएका थिए, उनले पाँच चौका र एक छक्का प्रहार गरे बहने रहाणेले १९ बलमा ३६ रन बनाए | उनले पनि पाँच चौका र एक छक्का प्रहार गरे | रहाणे र शर्टले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरेका थिए | 

खेलको पछिल्लो स्थितिमा राजस्थानले एकाएक विकेट गुमाउंदै गयो जसको कारण दवाब बढ्दा उसले १६० रन मात्र जोड्न सक्यो | १६० रनको स्कोर पनि खेलको पछिल्लो ५ ओभरमा राजस्थानले ४८ रन बनाउँदा बटुलेको रन थियो | राजस्थानको विकेट लिने क्रममा कोलकाताको लागि नीतीश राणाले ११ रनमा २ विकेट, टम कुरेनले १९ रन दिएर २ विकेट हाँशिल गरे | यसको अलवा पीयूष चावलाले १८ रन दिएर एक विकेट, कुलदीप यादवले २३ रन दिएर एक विकेट र शिवम मावीले ४० दिएर एक विकेट लिए | 


राजस्थानले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा आएको कोलकाता नाइट राइडर्सका लागि सुरुमै एक रन पनि नबनाउदै क्रिस लिनको विकेट गुम्यो | उनलाई कृष्णप्पा गौतमको बलले बोल्ड गरेको हो । लिनपछि रबिन उथप्पा र सुनील नरेनले ६९ रनको साझेदारी गरे । उथप्पाले ४८ रन र नरेनले ३५ रन बनाए । जुन स्कोर कोलकाताको जितका लागि निकै महत्वपूर्ण बन्यो | त्यसपछि नट आउट रहेर नितिस राना र दिनेश कार्तिकले पारी सम्हाल्दै कोलकातालाई जित दिलाए | खेलमा दिनेश कार्तिकले २३  बलमा ४२ रन जोडे भने नितिस रानाले २७ बलमा ३५ रन जोडेका थिए | कोलकाताले आजको खेल जितेसँगै आइपीएलको हालसम्मको स्कोरमा रनरेटको आधारमा सबैभन्दा शिर्ष स्थानमा पुगेको छ | 


हेर्नुहोस् आइपिलएलमा कुन टिम कतिऔं स्थानमा छ ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त