२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

गोकुलगंगा गाउँपालिकालाई स्थानीयले निशुल्क दिए ३० रोपनी जग्गा

६ बैशाख २०७५, बिहीबार १२:२७

वैशाख ६, रामेछाप ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्नको लागि स्थानीयले लाखौ पर्ने जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाको कार्यालयदेखि विभिन्न सरकारी कार्यालय स्थापना गर्नको लागि गाउँपालिकाको केन्द्र रस्नालुको भिमसेनथाका स्थानीयले ३० रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका हुन् । गाउँपालिकाको केन्द्र रहेको भिमसेनथानमा नै स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएपछि गाउँपालिकाको लाखौ रुपैयाँ बजेट जोगिएको छ ।

जग्गा खरिद गर्नको लागि खर्च हुने बजेटले गाउँपालिकाको भवन निर्माण हुने भएको छ । गाउँपालिकाको सक्रियता र स्थानीयको सहयोगी भावनाको कारण लाखौ पर्ने जग्गा निशुल्क रुपमा गाउँपालिकाको नाममा आउने क्रम सुरु भएको छ ।

गोकुलगंगा गाउँपालिका–३ रस्नालुका वडा अध्यक्ष नरविक्रम कार्कीले नौ रोपनी जग्गा गाउँपालिकाको नाममा आइसकेको र बाँकी जग्गा कित्ताकाट मार्फत आउने क्रममा रहेको बताए । उनले भने,‘गाउँपालिकालाई आर्थिक भार कम होस भनेर स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ, उहाँहरुप्रति गाउँपालिका निकै खुसी छ ।’

गाउँपालिकाको केन्द्र स्थापना हुने क्षेत्रमा भवन लगायतका भौतिक संरचना निर्माण गर्नको लागि कम्तिमा पनि ३० रोपनी जग्गा आवश्यक पर्छ । स्थानीयले स्थापना भइसकेको गाउँपालिकाको केन्द्र अन्यत्र नजाओस भनेर पनि निशुल्क जग्गा दिन तयार भएका हुन् ।


एक बर्षभित्र गाउँपालिकाको नयाँ भवनः प्रवक्ता खड्का

गोकुलगंगा गाउँपालिकाका प्रवक्ता समेत रहेका गाउँपालिका–५ नामाडीको वडा अध्यक्ष बलराम खड्काले गाउँपालिका अन्तर्गत जग्गा आउने क्रम सुरु भएकाले एक बर्षभित्र भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताए ।

उनले अहिले गाउँपालिकाको कार्यालय भाडामा भएकाले यसै आर्थिक बर्षभित्र नै प्रि–फ्याक भवन निर्माण गर्ने योजना अगाडि सारिएको बताए । गाउँपालिकाले दुई करोड लगानीमा दुई महिनाभित्र नै तयार हुने वीस कोठे भवन निर्माण गर्न लागेको हो । गाउँपालिकाले एकीकृत रुपमा कार्यालय स्थापना गरेर जनतालाई सुविधा दिने उदेश्य लिएको छ । आगामी असारसम्म भवन निर्माण गरिसक्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको प्रवक्ता खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान