२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल-२०१८ मा पहिलो पटक हैदरावादको हार, पन्जावद्वारा १५ रनले पराजित

२०७५, ६ बैशाख बिहीबार १८:२६

वैशाख ६, काठमाडौँ | आइपिएल क्रिकेट २०१८ मा क्रिस गेलको सतक पारीको कारण अपराजित यात्रामा रहेको सनराइजर्स हैदरावादलाई किंग्स इलाभेन पन्जावले १५ रनले पराजित गरेको छ | बिहिबार राति भएको खेलमा पन्जावले दिएको १९४ रनको लक्ष्य भेट्न नसक्दा हैदराबाद पराजित भएको हो |  


खेलमा पहिलो सतक हान्दै पन्जावका लागि क्रिस गेलले १०४ रन बनाएर आइपिएल ११ मा सर्वाधिक रनको नयाँ रेकर्ड समेत राखेका छन् | किंग्स इलाभेन पन्जाबको लागि खेलेका क्रिस गेलले खेलमा ६३ बलमा नट आउट रहेर १०४ रन हानेपछि उनि हाइएस्ट रन बनाउने खेलाडी बनेका हुन् | क्रिस गेलले ११ छक्का र १ चौका हानेका थिए |


टस हारेर पहिले ब्याटिङ गरेको पंजावले २० ओभरको खेल खेल्दै हैदरावाद बिरुद्ध १९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो | खेलमा पंजावका लागि क्रिस गेलले जोडेको १०४ रनको अलावा करुण नायरले २१ बलमा ३१ रन बनाए भने २१ बल खेलेका लोकेश राहुलले १८ रन जोडे | त्यस्तै मयांक अग्रवालले ९ बलमा १८ रन जोडे | त्यस्तै खेलमा पछिल्लो पटक ब्याटिङमा आएका अरुण फिँचले नट आउट ६ बलमा १४ रन जोडे | यसरी खेलमा ३ विकेट गुमाई किंग्स ईलाभेन पंजावले १९३ रन बनाएको थियो | 

पंजावको ३ विकेट लिने क्रममा हैदरावादका भुवनेश्वर कुमार, रशिद खान र सिद्धार्थ कावुलले १/१ विकेट लिए | 

तश्विरमा: खेलमा आफ्नो टिमले जितेपछी खुसि सेयर गर्दै प्रिती जिन्टा | 

पन्जावले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले ४ विकेट गुमाई १७८ रन मात्र बनाउन सक्यो | हैदरावादका लागि मनिष पाण्डेले नट आउट सर्वाधिक ५७ रन जोडे भने केन विलियमले सर्वाधिक ५४ रन बनाए | त्यस्तै शाकिव अल हसनले नट आउट २४ रन जोडे | त्यस्तै युसुफ पठानले १९ रन जोडे भने वृद्धिमान साहले ६ रन बनाए | त्यस्तै अर्का दिपक हुडाले ५ रन मात्र बनाउन सके | खेलमा ओपनर शिखर धावन पहिलो बलमै घाइते भएपछी मैदानबाट बाहिरिएका थिए | 


आजको खेलमा हैदरावादको पहिलो हार हो | यस अघिका तीन खेलमा अपराजित रहेको हैदरावादलाई हराएको पंजाव आइपिल एक आठ टिममध्ये तेश्रो स्थानमा परेको छ | खेलमा दोश्रो स्थानमा सनराइजर्स हैदरावाद छ भने पहिलो स्थानमा कोलकाता नाइट राइडर्स छ | नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स भने आइपिएलको सबैभन्दा तल्लो स्थानमा छ | 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ