८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल-२०१८ मा पहिलो पटक हैदरावादको हार, पन्जावद्वारा १५ रनले पराजित

६ बैशाख २०७५, बिहीबार १८:२६

वैशाख ६, काठमाडौँ | आइपिएल क्रिकेट २०१८ मा क्रिस गेलको सतक पारीको कारण अपराजित यात्रामा रहेको सनराइजर्स हैदरावादलाई किंग्स इलाभेन पन्जावले १५ रनले पराजित गरेको छ | बिहिबार राति भएको खेलमा पन्जावले दिएको १९४ रनको लक्ष्य भेट्न नसक्दा हैदराबाद पराजित भएको हो |  


खेलमा पहिलो सतक हान्दै पन्जावका लागि क्रिस गेलले १०४ रन बनाएर आइपिएल ११ मा सर्वाधिक रनको नयाँ रेकर्ड समेत राखेका छन् | किंग्स इलाभेन पन्जाबको लागि खेलेका क्रिस गेलले खेलमा ६३ बलमा नट आउट रहेर १०४ रन हानेपछि उनि हाइएस्ट रन बनाउने खेलाडी बनेका हुन् | क्रिस गेलले ११ छक्का र १ चौका हानेका थिए |


टस हारेर पहिले ब्याटिङ गरेको पंजावले २० ओभरको खेल खेल्दै हैदरावाद बिरुद्ध १९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो | खेलमा पंजावका लागि क्रिस गेलले जोडेको १०४ रनको अलावा करुण नायरले २१ बलमा ३१ रन बनाए भने २१ बल खेलेका लोकेश राहुलले १८ रन जोडे | त्यस्तै मयांक अग्रवालले ९ बलमा १८ रन जोडे | त्यस्तै खेलमा पछिल्लो पटक ब्याटिङमा आएका अरुण फिँचले नट आउट ६ बलमा १४ रन जोडे | यसरी खेलमा ३ विकेट गुमाई किंग्स ईलाभेन पंजावले १९३ रन बनाएको थियो | 

पंजावको ३ विकेट लिने क्रममा हैदरावादका भुवनेश्वर कुमार, रशिद खान र सिद्धार्थ कावुलले १/१ विकेट लिए | 

तश्विरमा: खेलमा आफ्नो टिमले जितेपछी खुसि सेयर गर्दै प्रिती जिन्टा | 

पन्जावले दिएको १९४ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले ४ विकेट गुमाई १७८ रन मात्र बनाउन सक्यो | हैदरावादका लागि मनिष पाण्डेले नट आउट सर्वाधिक ५७ रन जोडे भने केन विलियमले सर्वाधिक ५४ रन बनाए | त्यस्तै शाकिव अल हसनले नट आउट २४ रन जोडे | त्यस्तै युसुफ पठानले १९ रन जोडे भने वृद्धिमान साहले ६ रन बनाए | त्यस्तै अर्का दिपक हुडाले ५ रन मात्र बनाउन सके | खेलमा ओपनर शिखर धावन पहिलो बलमै घाइते भएपछी मैदानबाट बाहिरिएका थिए | 


आजको खेलमा हैदरावादको पहिलो हार हो | यस अघिका तीन खेलमा अपराजित रहेको हैदरावादलाई हराएको पंजाव आइपिल एक आठ टिममध्ये तेश्रो स्थानमा परेको छ | खेलमा दोश्रो स्थानमा सनराइजर्स हैदरावाद छ भने पहिलो स्थानमा कोलकाता नाइट राइडर्स छ | नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स भने आइपिएलको सबैभन्दा तल्लो स्थानमा छ | 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता