2026-07-06 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद दीपक मनााङेको रिक्त पद अब के हुन्छ ?

2018-04-20

वैशाख ७, काठमाडौं । सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएसँगै  मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख मा प्रदेशसभा सदस्य पद रिक्त भएको छ | सो रिक्त पद पुरा गर्नको लागी  निर्वाचन आयोगले सो निर्वाचन क्षेत्रमा पू:न उपनिर्वाचन गराउनुपर्ने भएको छ| सांसद मनाङे मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट स्वतन्त्र उमेद्वारी दिएर निर्वाचित भएका थिए |

प्रदेशसभा सचिवालयले राजिव गुरुङ निर्वाचित भएको निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी निर्वाचन आयोगमा पठाएपछि उपनिर्वाचनको प्रक्रिया अघि बढ्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए 

उपनिर्वाचनको लागि पत्राचार भने संघीय सरकारले गर्ने कि प्रदेश सरकारले गर्ने भन्ने प्रष्ट व्यवस्था छैन ।

कानुन अनुसार निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगसँगको परामर्शमा संघीय सरकारलाई मात्र रहेकाले प्रक्रियागत आधारमा संघीय सरकारले नै गर्नुपर्ने उनले बताए । संघीय संसदका कुनै सदस्यको निधन वा पदमुक्त भएमा सो पद खाली रहेको जानकारी संसद सचिवालयले निर्वाचन आयोगलाई गराउनुपर्छ ।

सोही प्रक्रिया अनुसार मनाङ ख बाट निर्वाचित सदस्य राजीव गुरुङ ज्यान मार्ने उद्योग अन्तर्गत जेल परेकाले सो निर्वाचन क्षेत्र रिक्त रहेको जानकारी प्रदेश ४ को प्रदेशसभा सचिवालयले आयोगलाई गराउन सक्नेछ ।

मनाङे २०७८ वैशाख ६ गतेसम्म जेलमा रहनेछन् । उनले यसअघि २ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् । निर्वाचन कानुन अनुसार अब उनी कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न अयोग्य भएका छन् ।

मनाङ प्रदेशसभा सदस्य निर्वाचित भएपछि मात्र उनी फौजदारी मुद्दाका फरार अभियुक्त रहेको अदालतको फैसलापछि खुलेको थियो ।

नत्र उनको उम्मेदवारीनै रद्द हुन सक्ने थियो । उनी राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भए पनि उपस्थित भएका थिएनन् भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता नामावलीबाटै उनको नाम हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै