२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा अति शक्तिशाली सामुद्रिक छाल आउने चेतावनी

७ बैशाख २०७५, शुक्रबार ०९:३०

वैशाख ७, नयाँदिल्ली (रासस/सिन्ह्वा) | भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ । 

छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ । 

सामुद्रिक किनारा भएका देशभरका सवै ठाउँका स्थानीय वासिन्दाले सतर्कता अपनाउनु पर्ने अधिकारीको भनाइ छ । 

प्राधिकरणका अधिकारीका अनुसार भारतको पश्चिमी सामुद्रिक किनारामा शनिबार बिहान र बंगालको खाडी क्षेत्रमा आइतबार सामुद्रिक छाल आउने चेतावनी दिइएको हो । 

आउँदो मंगलबार पनि सामुद्रिक छाल आउने संभावना उत्तिकै रहेको अधिकारीले बताएका छन् । 

सामुद्रिक छालबाट विषेश गरेर भारतको लक्ष्यद्विप, दक्षिणी तमिलनाडु, बंगालको खाडी र केरलालगायतका क्षेत्र बढी प्रभावित हुने देखिएको छ । 

ती क्षेत्रहरुमा उच्च शक्तिको सामुद्रिक छाल शनिबार र आइतबार आउने बताइएको छ । सामुद्रिक छालबाट प्रभावित हुनसक्ने क्षेत्रका मानिसलाई यसअवधिमा त्यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा जान सल्लाह छ, प्राधिकरणका अधिकारीले भनेका छन् । 

उनीहरुले दक्षिण कर्नाटक र उत्तर तमिल नाडुमा भीषण वर्षा हुने अनुमान पनि गरेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान