८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल २०१८ मा क्रिस गेलको रेकर्ड वाटसनले तोडे, चेन्नईद्वारा राजस्थान ६४ रनले पराजित

७ बैशाख २०७५, शुक्रबार १८:५०

वैशाख ८, काठमाडौँ | आइपिएल २०१८ मा बिहिबार राति भएको खेलमा किंग्स एलाभेन पंजावको लागि १०४ रन बनाएर सर्वाधिक रनको रेकर्ड बनाएका क्रिस गेलको रेकर्ड वाटसनले तोड्दै १०६ रनको रेकर्ड बनाएका छन् | वाटसनको सतकिय पारीसँगै आज रातिको खेलमा राजस्थान रोयल्सलाई चेन्नई सुपर किंग्सले ६४ रनले पराजित गरेको छ | 


आईपीएल सीजन ११ को १७ औं खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले २० ओभरमा ५ विकेट गुमाएर २०४ रन जोड्यो र राजस्थान रोयल्सलाई २०५ रनको लक्ष्य प्रस्तुत गर्यो | तर उक्त लक्ष्य राजस्थान रोयल्सले १८.३ ओभरमा १४० रन मात्र बनाई अल आउट हुन पुगेपछि पुरा गर्न सकेन | फलस्वरूप खेल ६४ रनले चेन्नई सुपर किंग्सले जित्यो | 

चेन्नईको यो चार म्याचमा तेश्रो जित हो जबकि राजस्थान रोयल्सले पाँच म्याच खेलिसकेको छ भने आज सहित तेश्रो पटक हार्न पुगेको छ | राजस्थानलाई अल आउट गर्ने क्रममा चेन्नईका दिपक चाहरले ३० रन दिएर २ विकेट लिए भने,  ड्वेन ब्रावोले १६ रनमात्र दिएर २ विकेट लिए, त्यस्तै शार्दुल ठाकुरले १८ रन दिएर दुई विकेट लिए भने कर्ण शर्माले १३ रन दिएर दुईनै विकेट लिए | त्यस्तै वाटसन र इमरान ताहिरले एक-एक विकेट लिए | 

वाटसनको शतक


खेलमा पहिले ब्याटिङ गरेको चेन्नईको लागि २०४ रनको फराकिलो स्कोर जोड्ने क्रममा सबैभन्दा दमदार पारी वाटसनले खेले | जुन स्कोर आइपीएल २०१८ हालसम्मको सर्वाधिक रनको स्कोर हो | खेलमा शेन वाटसन ने ५१ बलमा शतक जोडे, यो उनको आईपीएल करियरमा तेश्रो र आईपीएल ११ मा पहिलो शतक हो | वाटसनले आफ्नो शतकीय पारीमा ९ चौका र ६ छक्का लगाए | 


वाटसनले ५७ बलमा १०६ रन बनाएका हुन् | त्यस्तै सुरेश रैनाले २९ बलमा ४६ रनको पारी खेले | त्यस्तै ब्राभोले नट आउट २४ रन बनाए भने रायाडुले १२ रन, रविन्द्र जाडेजाले नट आउट २ रन जोडेका थिए | चेन्नई को लागि कप्तान महेन्द्र सिंग धोनीले ५ रन भन्दा जोड्न सकेनन् | चेन्नईको विकेट लिने क्रममा राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए बहने बेन लफलिनले २ विकेट लिएका थिए | 

खेलमा राजस्थानले चेन्नईले दिएको लक्ष्य पछ्याउने क्रममा बेन स्टोक्सले सर्वाधिक ४५ रन, जोस बटलरले २२ रन, अजिंक्य राहाने र जयदेव उनडकडले समान १६/१६ रन जोडे बाँकी खेलाडीले १० रन भन्दा बढी कटाउन सकेनन् र खेलमा १८.३ ओभरमै अल आउट भए | 

Photo: iplt20.com

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता