२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेबि संघ धादिङ-काठमाडौं समपर्क समितिद्वारा क्यालेन्डर बिमोचन सम्पन्न

२०७५, ९ बैशाख आईतवार ०९:४१

बैशाख ९ काठमाडौं। नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङका सभापति रमेश धमलाले चुनाव हारको जिम्मेवारी जिल्ला पार्टी सभापति समेतले पनि लिनुपर्ने विचार व्यक्त गरेका छन् ।


नेपाल विद्यार्थी संघ धादिङ–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको नव वर्ष २०७५ को शुभकामना आदान प्रदान एवम् क्यालेण्डर विमोचन कार्यक्रममा मन्तव्य राख्दै  जिल्ला सभापति धमलाले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी जिम्मेवार बन्न सक्नुपर्छ, निर्वाचनको बेलामा मात्रै तयारी गरेर हुँदैन, विद्यार्थी हक हित र संगठनको लागि काम गर्ने विद्यार्थीको खोजी कता कता छ खोज्नुपर्छ।’ अबका दिनमा काँग्रेस र भातृ संगठनहरुको भविष्य सुन्दर बनाउनको लागि गम्भिर समिक्षा गर्दै अघि बढ्नु पर्छ।’ 

मन्तव्यकै क्रममा नेविसंघका महामन्त्री कुन्दन राज काफ्लेले निर्वाचनको हारमा केन्द्रीय नेतृत्वको मात्रै दोष नरहेको बताए । उनले काँग्रेस पार्टी भित्रको गुटको अन्त्य नहुनाले आज भातृसंठनहरु भत्केको पनि बताए ।

यसैगरी नेविसंघकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले नेविसंघको केन्द्रीय महाधिवेशनको तीव्र तयारीमा लाग्नु पर्ने बताएकी छन् । उनले भनिन्,‘म लगायत केही साथीहरु जसरी हामीले चुनाव जितेर आयौं त्यसरी नै नेतृत्व हस्तान्त्ररण गर्न आतुर छौ तर नेविसंघका सभापति १२ औं महाधिवेशनको बारेमा त्यति लागिपर्नु भएको देखिदैन।’

उनले  काँग्रेसका भातृ संगठनहरु क्रियाशिल नभएको कारण निर्वाचनमा पराजित हुनुपरेको पनि बताएकी छन् | 

सो अवसरमा ने बि संघ धादिङका अध्यक्ष ईस्वरअधिकारी, पुर्व-अध्यक्ष सेतेमान तामाङ, ने बि संघ केन्द्रिय सदस्य रत्न हरि ढुंगेल, क्षेत्रिय अध्यक्ष योग बहादुर तामाङ, क्षेत्रिय सदस्य ग्यालबाङ तामाङ लगाएतले आफ्नो मन्तव्य राखेका थिए | उक्त कार्यक्रमको सभापतित्व नेविसंघका नेता किरण भट्टराईले गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित