2026-08-26 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विकास र संमृद्धीको काममा लागिरहेका छौ: मुख्यमन्त्री राई

चिसाङ शेर्पा/बैशाख÷१० खोटाङ | प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सरकार समग्र विकास र संमृद्धिको खाका तय गर्दै तिब्र गतीमा विकास र संमृद्धीको काममा लागिरहेको बताएका छन् ।

जनताको अभिमतवाट देशले पहिलो पटक स्थिर र वलियो शक्तिशाली सरकार पाएकाले सिंगो राष्ट्र नै विकास र संमृद्धिको युगमा प्रवेश गरेकाले यसलाई कुनैपनि शक्तिले रोक्न नसक्ने बताए । सोमवार खोटाङ सदरमुकाम दिक्तेलमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्नुहुदै मुख्यमन्त्री राईले हिजोका दिनमा नेपाली राजनीति, नेपाली समाज विभिन्न वहानाहरुमा अलमलिएकाले अब नेपाली राजनीति, समाज नयाँ बिचार धारामा उभिएकाले अब देश विकास हुन्न भनेर कोही कसै दुविधा र अलमलमा अल्झिनु नपर्ने बताएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरण कार्यक्रममा हेलिकोप्टबाट खोटाङ आउनुभएका उहाँले यसअघि बलियो, स्थिर सरकार बन्न नसकेकाले नेपाली राजनीतिले सकारात्मक दिशा लिन नसकेको बताउदै संविधानत केन्द्र, प्रदेश र स्थानिय सरकार बनेकाले सरकारको अबको एकमात्र गन्तब्य विकासमै रहेको बताए ।  

प्रदेश सरकारको हकमा मुख्यमन्त्री राईले गत फागुन ३ गते मन्त्री परिषद विस्तारसँगै प्रदेशसभा लगातार चलिरहेको र यतिवेला प्रदेश सरकार प्रदेश नम्बर नं. १ को विकास र संमृद्धिको सुस्पष्ट खाका तयार गरेर अगाडी बढ्ने तयारीमा जुटिरहेको उल्लेख गरे । प्रदेशमा शुसान, सुरक्षा सम्मान, ग्यारेन्टी र विकास आयोजनाहरुलाई तिब्रता र आगामी विकास र संमृद्धिको खाका तयार गरेर अगाडी बढ्नका निम्ति प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताए ।

मुख्यमन्त्री राईले कृषि, पर्यटन, जलस्रोत, उधोगधन्दालाई आधार मानेर तिब्र गतीमा प्रदेश नं. १ लाई विकास र संमृद्धिलाई अगाडी बढाउने योजना भईरहेको बताए । हिमाल, पहाड, तराई, सर्वोच्च शिखर सगरमाथा, होचो उपत्यका, चिया बगान, लालीगुराँस रुदाक्षको राजधानी तथा छिमेकी मुलुकहरु भारत, चिन, भुटान र बंगलादेशसँग प्रदेश नं. १ सिधा आफ्नो सम्बन्ध कायम राख्न सक्ने हैसियत रहेकाले अबको सबै समय, सामाथ्र्य, क्षमता, विकास संमृद्धीमा लगाउनुपर्ने मुख्यमन्त्री राईले बताए ।

प्रदेश नामाकरणको विषयमा सञ्चारकर्मीको जिज्ञासामा सर्वसम्मत रुपमा नामाकारण हुन बताए । मुख्यमन्त्री राईले पार्टी एकीकरण मुलुकको चाहाना भएकाले कसैले रोक्न नसक्ने बताए । उहाँले भन्नुभयो,“पार्टी एकता छिट्टै हुन्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग