१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश १ लाई ‘किरात प्रदेश’ नामाकरण राख्न मुख्यमन्त्री राई समक्ष ज्ञापनपत्र

१० बैशाख २०७५, सोमबार १६:०४

चिसाङ शेर्पा | बैशाख १०, खोटाङ | प्रदेश नं. १ को नामाकरण ‘किरात प्रदेश’ राख्न माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अनुरोध गरेको छ । प्रदेश नं. १ किरात भूगोल, ईतिहास र साँस्कृतिक पहिचान रहेकाले उक्त नामाकरण गर्नका लागि मुख्यमन्त्री राईलाई दिक्तेलस्थित समिक्षालय हलमा ज्ञापनपत्र बुझाएर अनुरोध गरिएको हो ।

शसस्त्र द्धन्द २०६२÷०६३ सालको जनआन्दोलनले लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशी केही अधिकारहरु प्राप्त भएको स्मरण गर्दै हालसम्म पनि आदिवासी जनजाती मैत्री कानुन, नीति तथा कार्यान्वयन हुन नसकेकाले पटक–पटक आदिवासीका हक अधिकारका निम्ति आन्दोलित भईरहेको प्रष्ट पार्दै सोमबार मुख्यमन्त्री राईलाई ज्ञापनपत्र मार्फत अनुरोध गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरण कार्यक्रमका लागि दिक्तेल आउनु भएका मुख्यमन्त्री राईलाई प्रदेश तथा स्थानिय तहमा आदिवासी जनजातिमैत्री कानुन, नीति, योजना तथा कार्यक्रम निर्माण गरिनुपर्ने, किरात भूगोलभित्र विविधतायुक्त जातिय समुदाय, ईतिहास, सँस्कृति, प्राकृतिक अध्ययन अनुसन्धानका लागि किरात विश्व विद्धालय स्थापना, धनकुटा र भोजपुर १ नं. प्रदेशकोबीच भूगोलमा भएकाले उपर्युक्त स्थानमा प्रदेशको केन्द्र राखिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

यस्तै, किरात साँस्कृतिक उद्गमस्थल तुवाचुङ जायजुम, मझुवागढी, बराहपोखरी, जन्तेढुंगा, छोङखा, साकेलाथान, मैयुडाडाँ संरक्षण सम्बर्धन गरी साँस्कृति पर्यटनको विकास गरिनुपर्ने ज्ञापनपत्रमा माग गरिएको अध्यक्ष राईले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै