२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेको टिम दिल्लीको पाँचौं हार, पन्जाव ४ रनले बिजयी

२०७५, १० बैशाख सोमबार १८:२७

वैशाख ११, काठमाडौँ | आइपिएल क्रिकेट सिजन ११ अन्तर्गत भएको २२ औं खेलमा दिल्ली डेयरडेविल्सलाई दिल्ली स्थित फिरोजशाह कोटला स्टेडियममा किंग्स इलाभेन पन्जावले ४ रनले पराजित गरेको छ । 

टस जितेर बलिङ रोजेको दिल्लीले पन्जावले दिएको १४४ रनको लक्ष्य दिल्लीले ४ रनले भेट्न नसक्दा पराजित हुन परेको हो । खेलमा किंग्स इलेभेन पन्जावले ८ विकेट गुमाई १४३ रन बनाएको थियो । पन्जावको ८ विकेट लिने क्रममा दिल्ली डेयरडेविल्सका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै ट्रेन्ट बोल्ट र आवेश खानले २/२ विकेट लिएका थिए ।

खेलमा किंग्स इलेभेन पन्जाबका लोकेश राहुलले ३, एरोन फिन्चले २, मयंक अग्रवालले २१, करुण नायरले ३४, युवराज सिंहले १४, डेविड मिलरले २६, रविचन्द्रन अश्विनले ६ र एन्ड्रयू टाईले ३ रन बनाए । त्यस्तै बरिन्दर सरन शून्य रनमै आउट भएका थिए । किंग्स इलेभेन पन्जाबले आजको खेलमा आफ्नो होनाहार ब्याट्सम्यान क्रिस गेललाई आराम गर्न लगाएको थियो । उनको स्थानमा डेविड मिलरलाई टीमले खेलाएको थियो । 

माथिको तश्विरमा: खेल जितेपछि खुसि मनाउंदै पन्जाव | 

यसपछी खेलमा पन्जावले दिएको १४४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा दिल्ली डेयरडेविल्सले २० ओभर को खेलमा ८ विकेट गुमाई १३९ रन बनाउन सक्यो । खेलमा दिल्लीका लागि पृथ्वी सावले २२ रन, कप्तान गौतम गम्भीरले ४ रन, ग्लेन म्याक्सवेलले १२ रन, श्रेयस ऐयरले सर्वाधिक ५७ रन, रिशभ पन्तले ४ रन, दान क्रिस्टिएनले नट आउट ६ रन, राहुल तेवतियले २४ रन, लियम प्लुन्केटले कुनै रन बनाउन सकेनन् भने अमित मिश्रले नट आउट १ रन बनाएका थिए । खेलमा दिल्लीको विकेट लिने क्रममा पंजावका अंकित राजपुत, आन्द्रेव टे र मुजिव अर रहमानले २/२ विकेट लिए भने बरिन्दर स्रानले १ विकेट लिएका थिए । 


आइपिएल क्रिकेटमा दिल्लीमा अनुबन्दित भएका नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई दिल्लीले ६ खेलमा खेलाएको छैन । २० लाखमा दिल्लीले सन्दिपलाई किनेको थियो ।  दिल्लीको बलिङ फर्म कमजोर रहेको विश्लेषण गरे पनि सन्दिपले कुनै अवसर पाउन सकेका छैनन् । नेपाली क्रिकेटप्रेमीहरुले दिल्लीको खेललाई निकै चासोका साथ हेर्दै आएका छन् । 

आइपिएल ११ अन्तर्गत हालसम्म ६ खेल खेलेको दिल्लीले हालसम्म ५ खेलमा पराजित हुनु परेको छ भने ८ टिममध्ये दिल्ली सबैभन्दा तल्लो स्थानमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त