२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पुस्तकालय सञ्चालन सहयोगार्थ लागि साँघुरो दलानको च्यारिटी शो

१२ बैशाख २०७५, बुधबार ०३:२०

चिसाङ शेर्पा | बैशाख १२, खोटाङ | पुस्तकालय सञ्चालनका लागि दिक्तेलमा चलचित्र च्यारिटो शो गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ बरडाडाँमा अवस्थित वालविकास आधारभुत बिद्धालयको नमुना पुस्तकालय सहयोगार्थ नेपाली चलचित्र ‘साँघुरो दलान’को विशेष प्रर्दशन गरिने भएको हो ।

२०७४ साल असोजमा स्थापना भएको नमुना पुस्तकालयमा पुस्तक खरिद तथा व्यवस्थित गर्नका लागि आगामी बैशाख १५ गते दिक्तेलको समिक्षालय हलमा बेग्ला बेग्लै तीन शोमा चलचित्र प्रर्दशन गर्ने तयारी भएको चलचित्रका निर्देशक शुभचन्द्र राईले जानकारी दिए । चलचित्र शोबाट आएको रकमले कलिला बालबच्चाका लागि किताब किन्नेछौ उहाँले भन्नुभयो, “बालपुस्तकले सानासाना बालबच्चाको पढाईमा रुचि बढ्नेछ ।” १ घण्टा ४५ मिनेट अवधिको सामाजिक कथामा आधारित चलचित्रमा धाँमी झाँक्री र युवा बिदेश पलायनको कथा समाबेश छ । चलचित्र बैशाख १५ गते बिहान ८ बजे विधार्थीलाई निशुल्क, १२ बजे सार्वजनिक शो र ३ बजे टिकट सिस्टममा भिआईपि शो हुनेछ ।


शुभचन्द्र राईको कथा/निर्देशन, रोशन श्रेष्ठ निर्माता रहेको चलचित्रमा कवि राई, रामचन्द्र राई, निता राई, अंकिता राई, सञ्जिब राई, रुपेश राई, उदिम चाम्लिङ, आर वि शर्मा लगायतको अभिनय रहेको छ । सोही चलचित्र गएको साउन ३० गते राजधानीस्थित बिश्वज्योती सिनेमाहलमा नमुना पुस्तकालय स्थापना सहयोगार्थ ऐतिहासिक रूपमा प्रर्दशन गरिएको थियो

नाटकका लागि लेखिएको कथा ‘साँघुरो दलान’ शैली थिएटर काठमाण्डौमा उत्कृष्ट नाटक भएपछि चलचित्र बनाईएको हो । दुईवर्ष अगाडी सातौँ बालनाटक महोत्सवमा साँघुरो दलानको कथामा राष्ट्रिय नाँचघरका १९ ब्याज विद्यार्थीहरुले नाटकलाई मञ्चन गरेको थियो । साईनो कलाकेन्द्रको आयोजना तथा किरात राई साँस्कृतिक कलाकार संघ र किरात राई विधार्थी संघको संयुक्त आयोजनामा चलचित्रको च्यारिटी शो गर्न लागिएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य