2026-07-26 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पुस्तकालय सञ्चालन सहयोगार्थ लागि साँघुरो दलानको च्यारिटी शो

चिसाङ शेर्पा | बैशाख १२, खोटाङ | पुस्तकालय सञ्चालनका लागि दिक्तेलमा चलचित्र च्यारिटो शो गरिने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ बरडाडाँमा अवस्थित वालविकास आधारभुत बिद्धालयको नमुना पुस्तकालय सहयोगार्थ नेपाली चलचित्र ‘साँघुरो दलान’को विशेष प्रर्दशन गरिने भएको हो ।

२०७४ साल असोजमा स्थापना भएको नमुना पुस्तकालयमा पुस्तक खरिद तथा व्यवस्थित गर्नका लागि आगामी बैशाख १५ गते दिक्तेलको समिक्षालय हलमा बेग्ला बेग्लै तीन शोमा चलचित्र प्रर्दशन गर्ने तयारी भएको चलचित्रका निर्देशक शुभचन्द्र राईले जानकारी दिए । चलचित्र शोबाट आएको रकमले कलिला बालबच्चाका लागि किताब किन्नेछौ उहाँले भन्नुभयो, “बालपुस्तकले सानासाना बालबच्चाको पढाईमा रुचि बढ्नेछ ।” १ घण्टा ४५ मिनेट अवधिको सामाजिक कथामा आधारित चलचित्रमा धाँमी झाँक्री र युवा बिदेश पलायनको कथा समाबेश छ । चलचित्र बैशाख १५ गते बिहान ८ बजे विधार्थीलाई निशुल्क, १२ बजे सार्वजनिक शो र ३ बजे टिकट सिस्टममा भिआईपि शो हुनेछ ।

शुभचन्द्र राईको कथा/निर्देशन, रोशन श्रेष्ठ निर्माता रहेको चलचित्रमा कवि राई, रामचन्द्र राई, निता राई, अंकिता राई, सञ्जिब राई, रुपेश राई, उदिम चाम्लिङ, आर वि शर्मा लगायतको अभिनय रहेको छ । सोही चलचित्र गएको साउन ३० गते राजधानीस्थित बिश्वज्योती सिनेमाहलमा नमुना पुस्तकालय स्थापना सहयोगार्थ ऐतिहासिक रूपमा प्रर्दशन गरिएको थियो

नाटकका लागि लेखिएको कथा ‘साँघुरो दलान’ शैली थिएटर काठमाण्डौमा उत्कृष्ट नाटक भएपछि चलचित्र बनाईएको हो । दुईवर्ष अगाडी सातौँ बालनाटक महोत्सवमा साँघुरो दलानको कथामा राष्ट्रिय नाँचघरका १९ ब्याज विद्यार्थीहरुले नाटकलाई मञ्चन गरेको थियो । साईनो कलाकेन्द्रको आयोजना तथा किरात राई साँस्कृतिक कलाकार संघ र किरात राई विधार्थी संघको संयुक्त आयोजनामा चलचित्रको च्यारिटी शो गर्न लागिएको हो ।   

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ