२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीद्वारा माओवादीलाई ‘केटाकेटी’को संज्ञा

२०७५, १३ बैशाख बिहीबार ०८:०५

वैशाख १३, काठमाडौं । बिहिबार मनमोहन अधिकारीको स्मृति दिवसको अवसर पारी आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीलाई केटाकेटीको संज्ञा दिएका छन् । ओलीले केहि दिन अघि माओवादीले व्यानरमा गरेको विरोधलाई लक्षित गर्दै यस्तो संज्ञा दिएका हुन् । 

लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रममा ब्यानरलाई लिएर माओवादीले विरोध गर्दा तीन घण्टा भन्दा बढी कार्यक्रम रोकिएको थियो । त्यसै कार्यक्रमको बिषयमा टिप्पणी दिँदै ओलीले ९ गते पार्टी स्थापना दिवसमा केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाइकन नभएको बताएका हुन् । उनले भनेका छन् -'अब अस्ती नौ गते पार्टी स्थापना दिवसमा पनि देख्यौं हामीले । केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाइकन भएन ।’ उनले माओवादीहरुले एमालेलाई पनि आफ्नै मान्छे देख्नुपर्ने भन्दै त्यसो नभएकाले ब्यानर विवाद आएको बताए । उनले भने- ‘त्यो हाम्रो मान्छे होइन हाम्रो मान्छे नभएको हुनाले यो अर्को पार्टीको देखियो।’ ओलीले त्यसरी विरोध गर्नेहरुलाई सम्झाई-बुझाई गर्नु पर्ने बताए । 

कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलाई बिर्सेमा कम्युनिष्ट आन्दोलन नै समाप्त हुने बताउँदै गर्दा वैशाख ९ गते आफ्नो पक्षको पनि केहि कमजोरी भएको कुरालाई उठाउन चाहेनन् ।

माओवादीले त्यस दिन संयुक्त कार्यक्रमको ब्यानरले एमालेमा माओवादी बिलाएको जस्तो भान पारेको भन्दै एमालेले जानी-जानी ब्यानरमा लेनिनको तश्विर नराखेको भन्दै बिरोध गरेको थियो । लेनिन जयन्तिकै दिनमा लेनिनको फोटो नराखेको तर एमालेका पुर्व नेताहरु पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो राखिएको भन्दै माओवादीले विरोध गरेको थियो । माओवादी नेताहरुले समेत यस बिषयमा प्रष्ट पार्दै पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटोमा बिरोध गरेको नभई व्यानर दुवै पार्टीको पहिचान झल्काउने गरि तयार गर्नुपर्ने भन्दै बिरोध भएको बताएका थिए । व्यानर विरोध कार्यकर्ताले गरेको बताइए पनि कतिपय माओवादी नेताहरुले त्यस दिन व्यानर बिरोध हुनु स्वभाविक रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ