पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १३, काठमाडौँ (रासस) | पूर्वी नेपालका उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेका औद्योगिक कच्चा पदार्थ एवं अन्य मालसामान ढुवानी गर्ने कङ्कर नामक मालबाहक रेल कोलकाता–बथनाहा–जोगवनीतर्फ प्रस्थान गरेको छ ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार जोगवनीतर्फ प्रस्थान गरेको उक्त रेललाई बुधबार बन्दरगाहमा झण्डा फहराएर कोलकाताबाट बिदाइ गरिएको हो ।

कोलकाताबाट नेपाल जाने मालबाहक दुई वटा रेलमध्ये आज जोगवनीतर्फ प्रस्थान गरेको मालबाहक रेल सेवा सञ्चालनसँगै समय र ढुवानी खर्चमा भारी कटौती हुनाका साथै व्यापार सहजीकरणमा योगदान पुगेको छ ।