२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीले ‘एउटा समूह’लाई इंगित गर्दै भने -‘त्यसलाई जरैदेखि उखेल्छौँ’

२०७५, १३ बैशाख बिहीबार ११:१०

वैशाख १३, भक्तपुर (रासस) | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताउनुभएको छ । 

आज मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते हुनुभई उपचार गराइरहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौँ ।” 

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उहाँले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गर्नुभयो । 


भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा उहाँले जानकारी लिनुभएको थियो । उहाँले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेर्नुभएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराउनुभएको थियो । 

उहाँले अस्पतालका बारेमा समेत जिज्ञासा राख्नुभएपछि नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सञ्चालित अस्पतालको अवस्था र प्रगतिबारे समेत अवगत गराउनुभएको थियो । 

अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राखेका थिए । मन्त्री थापाले पार्टी एकीकरण कुनै हालतमा नरोकिने बताउनुभएको थियो । उहाँले जनताको चाहना पार्टी एकीकरण भएर जाने भएकाले जनचाहनाअनुरुप नै दुई पार्टी एक भएर जाने बताउनुभयो । 

जनप्रतिनिधि र प्याब्सनद्वारा दबाब 

आजै भक्तपुरका जनप्रतिनिधि र प्याब्सन भक्तपुरले प्रमुख जिल्ला अधिकारी पोखरेललाई भेट गरी जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन तथा नगर प्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । 

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको नेतृत्वमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन र आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको थियो । आजै प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीको नेतृत्वमा गएको प्याब्सनको टोलीले प्रजिअ पोखरेललाई ज्ञापनपत्र दिँदै नगर प्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेको छ । 

प्रजिअ पोखरेलले भने आक्रमणकारीको पहिचान भइसकेकाले जुनसुकै कुनामा लुके पनि पक्राउ गरेर कारवाही अगाडि बढाउने आश्वासन दिनुभयो । आक्रमणकारीलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउने निर्णय भएको पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन