२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

१४ बैशाख २०७५, शुक्रबार ०८:४२

बैशाख १४ काठमाण्डौ | बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । 

बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोलीमा समाजका अध्यक्ष पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, पुष्पा खनाल, वरिष्ठ कवि मञ्जुल, समाजका सदस्यहरू सरस्वती शर्मा ‘जिज्ञासु’, नवराज पुडासैनी ‘ज्योत्सना’, मोहन चापागाइँ, रेखा कणेंल, दुर्गादेवी चापागाइँ र साहित्यकार सुस्मिता नेपाल सहभागी हुनुहुन्छ । 

नेपाल स्रष्टा समाज र बङ्गलादेशका साहित्यिक संस्थाहरूबीच १० वर्षदेखि साहित्य तथा सांस्कृतिक आदानप्रदानका विषयमा सहकार्य हुँदै आएको छ । यसअघि पनि यसप्रकारका भ्रमणहरू सम्पन्न भइसकेका छन् भने नेपाली साहित्यलाई बंगाली भाषा रबंगाली साहित्यलाई नेपाली भाषामा अनुवाद गरी विभिन्न साहित्यिक कृति पनि प्रकाशित भएका छन् । 

यसैबीच, नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मोफसलको साहित्यिक गतिविधि, साहित्यिक संस्थाहरुलाई दिगोरूपमा कसरी चलाउने, नेपाली स्रष्टाहरूलाई विदेशमा रहेका स्रष्टाहरूसँग कसरी अन्तक्र्रिया गराउने, बङ्ग्लादेशसँग समाजले सहकार्य गरेझैं अन्य दक्षिण एसियाली देशमा नेपाली साहित्य कसरी आदानप्रदान गर्नेजस्ता विभिन्न पक्षमा स्रष्टाहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । 

समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले समाजले देशको साहित्यिक क्षेत्रको विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै पश्चिम नेपालतिर पनि आफ्ना कार्यक्रमहरू र सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा विधान आचार्य, चेतनाथ कणेल ‘हरित’, पुष्पा खनाल, गोकुल अधिकारी, नवराज तिमिल्सिना, राधिका गुरागाईं, रमेशजङ्ग थापा, गोपाल अश्क, रञ्जना निरौला, हरि सुवेदीलगायतका स्रष्टाहरूले आफ्ना धारणा राख्नु भएको थियो । समाजमा हाल देशभर छरिएर रहेका १५५ जना साहित्वकार संलग्न हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह