२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीको घना बजार क्षेत्रमा आगलागी

१५ बैशाख २०७५, शनिबार ०७:३५

वैशाख १५, इटहरी (रासस) | सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ ।

समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गर्नुभएको छ । राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका स्थितिमा एकाएक विद्युत् चुहिएर आगो सल्किएको थियो । ती पसल घरमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विशाल रुप लिएको स्थानीयवासीले बताएका छन् । 

आगलागी भएर तत्काल करीब ५०० मिटर पर रहेको उपमहानगरपालिकाको दमकल बोलाउँदा नआएको तथा १८ किमी पश्चिममा रहेको इनरुवा नगरपालिकाको दमकल आएपछि मात्र इटहरीको दमकल आएकाले पनि बढी नोक्सानी हुन पुगेको आगलागीपीडित पदम अधिकारीले जानकारी दिनुभयो । 

आगो लागेर अधिकारी, बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पसल घर पूर्णरुपमा खरानी हुँदा ती पसल घरमा रहेका फ्रिज, सुनचाँदी, लत्तापकडा, खाद्यान्न, भाँडाबर्तनलगायत सम्पूर्ण उपभोग्य वस्तुसमेत नष्ट हुँदा ती ती परिवारको बिचल्ली हुन पुगेको छ । 


उक्त आगलागीमा चार पसल घरसँगै पूर्वपट्टि लालधन राईको चारतले पक्की घर र पश्चिमपट्टि मोहनसिंह तामाङको चारतले पक्की घरमा पनि नोक्सानी पुगेको छ । पीडितमध्ये लालधनको रु चार लाख बढीको नोक्सानी भएको छ । 

सो आगलागीमा अधिकारीको सबैभन्दा बढी करीब रु ४५ लाख नोक्सानी भएको बताइएको छ । नजिकैको दमकल नआइदिएकाले आफूहरुले ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको पीडित अधिकारीले गुनासो गर्नुभयो । अधिकारीसँगै अरुको पनि सम्पत्ति नष्ट भएका छन् । 

त्यहाँ लागेको आगो प्रहरी, स्थानीयवासी र इनरुवापछि आएको इटहरीको दमकलको सहयोगले नियन्त्रणमा लिएको बताइएको छ । समयमा नै आगो नियन्त्रण भएकाले बजार क्षेत्रमा अरु सम्भावित ठूलो जनधनको नोक्सानी हुनबाट जोगिएको स्थानीयवासीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य