८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेन्नईलाई पराजित गर्दै मुम्बईले दिल्लीलाई अन्तिम र ब्यांग्लोरलाई सातौँमा झार्यो

१५ बैशाख २०७५, शनिबार १८:३९

वैशाख १६, काठमाडौँ | आईपीएल-11 अन्तर्गत २७ औं खेलमा मुम्बई इंडियन्सले चेन्नई सुपरकिंग्सलाई ८ विकेटले पराजित गरेको छ । १७० रनको लक्ष्य पछ्याएको मुंबईका कप्तान रोहित शर्माले ५६ रनको मद्धतले चेन्नईलाई १९.४ ओभरमा पराजित गरेको थियो ।


यो रोहितको ३४ औं अर्धसतक हो । यस अघि पहिले मुंबईले टस जितेर फिल्डीङ रोजेको थियो । चेन्नईले २० ओवरको खेलमा ५ विकेट गुमाई १६९ रन बनाएको थियो । सुरेश रैनाले आईपीएलमा आफ्नो ३३ औं अर्धसतक हानेका छन् । उनले ७५ रन बनाएर नट आउट रहे ।

खेलमा इविन लुईस र सूर्यकुमार यादवले मुंबईको खेलमा ओपनिङ गरेका थिए । दुवैले पहिलो विकेटको लागि ६९ रनको साझेदारी गरे । सूर्यकुमार ४४ र लुईस ४७ रन बनाएर आउट भए । खेलमा हार्दिक पाण्डे १६ रन बनाएर नट आउट रहे । खेलमा मुम्बईको विकेट हरभजन सिंह र ड्वेन ब्रावोले १/१ विकेट लिएका थिए ।


रायुडू-रैनाले ७१ रनको साझेदारी खेले 

खेलमा चेन्नइका शेन वाटसन पहिलो विकेटको रुपमा ११ रन बनाएर आउट भए । उनि पछी क्रीजमा आएका सुरेश रैनाले अंबाती रायुडूलाई निकै राम्रो साथ दिए, दुवैले दोश्रो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए । रायडूले ४६ रन बनाए भने कप्तान एमएस धोनीले २६ र ड्वेन ब्रावो बिना रन आउट भए ।

मुंबईका लागि मिशेल म्याक्लेनाघन र क्रुणाल पाण्डेले २/२ विकेट लिए । 


मुम्बईको सम्मानजनक जित 

आजको खेलमा मुंबईले दुई खेलाडी हेरफेर गरेको थियो । उसले किरोन पोलार्डको स्थानमा जेपी डुमिनी र मुस्तफिजुर रहमानको स्थानमा बेन कटिंगलाई टीममा हालेर खेलेको थियो ।

आजको खेल जित्दै मुम्बई छैटौ स्थानमा उक्लिएको छ । रनरेटको आधारमा शुक्रबारको खेलमा सातौँ स्थानमा रहेको दिल्लीलाई अन्तिममा झार्दै आजको खेलबाट सम्मानजनक स्कोर जम्मा गर्दै रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई समेत पछाडी पार्दै मुम्बई अगाडी आएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता