2026-06-26 01:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेन्नईलाई पराजित गर्दै मुम्बईले दिल्लीलाई अन्तिम र ब्यांग्लोरलाई सातौँमा झार्यो

वैशाख १६, काठमाडौँ | आईपीएल-11 अन्तर्गत २७ औं खेलमा मुम्बई इंडियन्सले चेन्नई सुपरकिंग्सलाई ८ विकेटले पराजित गरेको छ । १७० रनको लक्ष्य पछ्याएको मुंबईका कप्तान रोहित शर्माले ५६ रनको मद्धतले चेन्नईलाई १९.४ ओभरमा पराजित गरेको थियो ।


यो रोहितको ३४ औं अर्धसतक हो । यस अघि पहिले मुंबईले टस जितेर फिल्डीङ रोजेको थियो । चेन्नईले २० ओवरको खेलमा ५ विकेट गुमाई १६९ रन बनाएको थियो । सुरेश रैनाले आईपीएलमा आफ्नो ३३ औं अर्धसतक हानेका छन् । उनले ७५ रन बनाएर नट आउट रहे ।

खेलमा इविन लुईस र सूर्यकुमार यादवले मुंबईको खेलमा ओपनिङ गरेका थिए । दुवैले पहिलो विकेटको लागि ६९ रनको साझेदारी गरे । सूर्यकुमार ४४ र लुईस ४७ रन बनाएर आउट भए । खेलमा हार्दिक पाण्डे १६ रन बनाएर नट आउट रहे । खेलमा मुम्बईको विकेट हरभजन सिंह र ड्वेन ब्रावोले १/१ विकेट लिएका थिए ।


रायुडू-रैनाले ७१ रनको साझेदारी खेले 

खेलमा चेन्नइका शेन वाटसन पहिलो विकेटको रुपमा ११ रन बनाएर आउट भए । उनि पछी क्रीजमा आएका सुरेश रैनाले अंबाती रायुडूलाई निकै राम्रो साथ दिए, दुवैले दोश्रो विकेटको लागि ७१ रनको साझेदारी गरेका थिए । रायडूले ४६ रन बनाए भने कप्तान एमएस धोनीले २६ र ड्वेन ब्रावो बिना रन आउट भए ।

मुंबईका लागि मिशेल म्याक्लेनाघन र क्रुणाल पाण्डेले २/२ विकेट लिए । 


मुम्बईको सम्मानजनक जित 

आजको खेलमा मुंबईले दुई खेलाडी हेरफेर गरेको थियो । उसले किरोन पोलार्डको स्थानमा जेपी डुमिनी र मुस्तफिजुर रहमानको स्थानमा बेन कटिंगलाई टीममा हालेर खेलेको थियो ।

आजको खेल जित्दै मुम्बई छैटौ स्थानमा उक्लिएको छ । रनरेटको आधारमा शुक्रबारको खेलमा सातौँ स्थानमा रहेको दिल्लीलाई अन्तिममा झार्दै आजको खेलबाट सम्मानजनक स्कोर जम्मा गर्दै रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई समेत पछाडी पार्दै मुम्बई अगाडी आएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने