2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

रमेश लम्साल/वैशाख १७ काठमाडौँ | जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । 

अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् । काममा कुनै अवरोध नआएमा सबै आयोजनाको निर्माण २०७६ भित्र निर्माण सम्पन्न हुनेछन् । 

नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण धमाधम भइरहेको हो । 

यस्तै रसुवामा नै ७८ मेगावाटको सुपर साञ्जेन, १२० मेगावाटको रसुवा भोटेकोशी र २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक आयोजना निर्माण शुरु हुने चरणमा रहेका छ । ती आयोजनाको कूल क्षमता ४१४ मेगावाट रहेको छ । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको आधारमा रसुवा र नुवाकोट जिल्ला ‘हाइड्रो हव’मा परिणत भएको छ । 

गोरखा भूकम्प बाढीपहिरो र नाकाबन्दीले गर्दा निर्माणाधीन आयोजना प्रभावित भएका थिए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरी निर्माणाधीन आयोजनाको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्न निर्देशन दिएको छ । 

टोलीले यसका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएको छ भने ठेकेदार कम्पनीले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । तर विगतको काम गर्ने शैलीका कारण तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने अवस्था भने नरहेको पाइएको छ । 

सरकारी टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायका बारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्नुपर्ने निर्देशन दिनुभएको छ । 

“सबै आयोजनामा तोकिएकै समयमा निर्माण सकिन्छ । आयोजना प्रमुख र निर्माण व्यवसायी र ठेकेदारले विशेष ध्यान दिनु आवश्यक छ”, मन्त्री पुनले भन्नुभयो, “आयोजनास्थलका समस्या यही समाधान गर्नु होस्, मन्त्रालय तहबाट समाधान गर्नुपर्ने समस्या भए भन्नुहोस् त्यसलाई तत्काल समाधान गर्न हाम्रो टिम सधैँ तयार छ, तालिकअनुसार नै काम सकी नमूना आयोजनाका रुपमा अगाडि बढाऔँ ।” 

सरकार, प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैकको सहुलितपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशूली ३ ‘ए’ को निर्माण ०७६ वैशाखमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

आयोजनाले निर्माण गरिहेको त्रिशूली ३ ‘ए’ मातातीर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै शुरु गर्न सकिएको छैन । 

आयोजना प्रमुख फणिन्द्रराज जोशीले आयोजना समयमै सकिने भए पनि प्रसारण लाइनका कारण समस्या उत्पन्न हुन सक्छ कि भन्ने आशंका मन्त्री पुन लगायतको टोलीसँग राखिएको छ । 

सो आयोजनाको लागत समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा विद्युत्गृह, बाँध, सुरुङ लगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)लाई जिम्मा दिइएको छ । 

समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्प लगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । अहिले ठेकेदार कम्पनीको काम विगतमा भन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले बताउनुभयो । 

यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको रसुवागढीको भौतिक निर्माण प्रगति ६० प्रतिशत छ । आयोजनाले २०७६ साल पुस १५ देखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । 

आयोजनाका विद्युत् जोड्नका लागि चिलिमे हव–त्रिशूली ३ ‘बी’ प्रसारण लाइन हवको निर्माण गरिनु पर्दछ । 

रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत् खेर आउन नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झन्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गर्नुभयो । 

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमश: ७० र ६० प्रतिशत छ । 

सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य भौतिक संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताउनुभयो । 

प्रसारण लाइनको निर्माण गर्न सरकारी जग्गा र वन क्षेत्रको रूख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झन्झटिलो रहेको उहाँले जानकारी दिनुभयो । आयोजनाले विद्युत् गृहबाट चिलिमे हवसम्म १३२ केभीको सात किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । 

माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हव–त्रिशूली ३ ‘बी’ २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम गर्नुपर्ने देखिएको छ । सो प्रसारण लाइन निर्माण हुने अवधि २०१९ को जुनसम्म तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई