८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई बर्षदेखि कांग्रेसमा कलह, त्यसमा पनि बाम गठबन्धनले टाउको दुखायो !

१७ बैशाख २०७५, सोमबार ०९:०६

वैशाख १७, काठमाडौं | नेपाल कांग्रेसको भित्री कलह निर्वाचन पछि छताछुल्ल भएको छ । कांग्रेसको कलहको मुख्य कारण सभापति शेर बहादुर देउवा भएको कांग्रेस नेताहरुले खुलेर बताउन नसके पनि भित्री रुपमा बताउँदै आएका छन् ।

निर्वाचनमा हारेपछी हारको जिम्मेवारी लिन कांग्रेसका पौडेल सहितका नेताहरुले देउवालाई भने पनि देउवा आफ्नो कारण काँग्रेसले हारेको स्वीकार्न तयार छैनन् । आइतबार कांग्रेसको यसै सम्बन्धि बैठकमा हारको कारण बाम गठबन्धन भनेर सजिलो बाटोबाट उम्कन  खोजियो । तर कांग्रेसका कतिपय नेता हारको कारण बारे अझै असन्तुष्ट छन् । देउवाको खेमा बलियो भएकाले कांग्रेसका युवा नेता गगन थापा लगायत डराउने समस्या छ भने पौडेलले पछिल्लो समय देउवा विरूद्ध खुट्टा बजार्दै आएपनि देउवा पक्षलाई पेल्ने शक्ति उनि सँग नहुँदा भित्रभित्रै वाकयुद्ध जारी छ । निर्वाचनमा नमज्जाको हार चाखेको कांग्रेसले ५ बर्षसम्म कतैपनि खुट्टा हाल्ने ठाउँ नपाएपछी त्यसको आगोले उसलाई पोल्नु स्वभाविकनै हो । बामगठबन्धन नभएको भए माओवादीसँग मिलेर आफुलाई सत्तामा पुर्याउने उसको कसरत हुनसक्थ्यो तर अहिलेको स्थितिमा त्यो समेत सम्भव नभई सबै प्रदेश र संघीय सरकारमा उसको उपस्थिति शुन्य बन्दा कतिपय कांग्रेस नेताहरुलाई आगामी राजनीतिको बिषयमा बामगठबन्धन टाउको दुखाईको कुरा बनेको छ । जुन टाउको दुखाई अहिले कांग्रेसको बैठकभीत्र आफसेआफ उठ्ने गरेको छ ।

त्यसो त आज सोमबार पदाधिकारी चुन्नका लागि बस्ने भनिएको केन्द्रीय समितिको बैठक समेत स्थगित हुन पुग्नुले कांग्रेसभित्रको भीत्री कलह अझै बढेर जाने स्पष्ट छ । आजको बैठक पौडेल समूहले बहिस्कार गर्ने  चेतावनी दिएपछि स्थगित गरिएको बताइएको छ । साथै कांग्रेसले दाधिकारी चुन्नको लागि अर्को बैठक २१ गतेपछी राख्ने बताइएको छ । कांग्रेसभित्र एक किसिमको शक्तिको घमण्ड, अर्को किसिमको पार्टीको हारको जिम्मेवारीको बिषय र केहि बर्षदेखि नमिलेको नेताहरुको अधिकार सम्बन्धि तालमेलको कारण कलह जारी छ । महाधिवेशन भएर पनि दुई बर्ष  बितीसक्दा काँग्रेसले पदाधिकारी समेत चुन्न सकेको छैन । 

कांग्रेसभित्र विधानले तोके बमोजिमका पदाधिकारी तोक्नुपर्नेमा पार्टीको सभापति देउवाले लिए पनि बाँकी एक उपसभापति, एक महामन्त्री, दुई जना सहमहामन्त्री र एक प्रवक्ता मनोनयन गर्नुपर्ने तर भएको छैन । यस अघि सभापति शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेका थिए तर उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्न सकेका छैनन् । 

नेपाली कांग्रेसको बैठकको निर्णयका सन्दर्भमा नेता रामचन्द्र पौडेल पक्षधरले असन्तुष्टि जनाउदै आएको छ । पौडेल पक्षले बहुमतको बलमा विधान विपरित बैठकबाट निर्णय गरेको भन्दै बिरोध गरेको छ । आजको बैठक स्थगित हुनुको मुख्य कारणनै पौडेल पक्ष भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने