2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धबारे जान्नैपर्ने यी ८ स्थान: जन्मस्थान लुम्बिनीदेखि बौद्ध धर्मको राजधानी अफगानिस्तानसम्म

भगवान गौतम बुद्ध आफ्नो जीवन कालमा जहाँ-जहाँ गए, उक्त स्थान बौद्ध तीर्थ बनेको छ । आज बुद्ध जयन्तीको मौका मा बुद्धको जन्मस्थलदेखि बुद्धको तीर्थ को रुपमा कहलाईएका स्थानबारे जानकारी दिनेछौं –

१. लुम्बिनी

नेपालको मध्येभाग, जो अहिले नेपालको ५ नम्बर प्रदेश अन्तर्गत पर्छ । त्यतिबेला सिद्धार्थ गौतम जन्मिएको गाउँलाई रुम्मिनदेई अथवा रुमिनोदेई लुम्बनीग्राम भनिन्थ्यो, अहिलेको लुम्बनीनै गौतम बुद्धको जन्मस्थान भएको कुरामा विश्व जान्दछ ।

२. बोधगया

यो स्थान भारतको बिहारको प्रमुख हिन्दू पितृ तीर्थ ‘गया’ मा अवस्थित छ । गया एक जिल्ला हो । यसै स्थानमा बुद्धले एक वृक्षको मुनि ज्ञान प्राप्त गरेका थिए ।

३. सारनाथ

यो स्थान भारतकै उत्तरप्रदेशको वाराणसी सँगै छ, जहाँ बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश दिएका थिए । यहींबाट उनले धम्मचक्र प्रवर्तन सुरु गरेका थिए ।

४. कुशीनगर

भारतकै उत्तरप्रदेशको देवरिया जिल्लामा रहेको यो स्थानमा महात्मा बुद्धले महापरिनिर्वाण (मोक्ष) प्राप्त गरेका थिए । गोरखपुर जिल्लाको कसिया नामक स्थाननै प्राचीन कुशीनगर हो । यहाँ बुद्धको आठ स्तूपामध्ये एक स्तूपा बनेकोछ, जहाँ बुद्धको अस्थि राखिएको थियो ।

५. सांची स्तूप

भारतको मध्येप्रदेशको भोपालदेखि २८ मेल टाढा सांची स्टेशन छ । यहाँ कयौं बौद्ध स्तूपाहरु छन् जसमध्ये एकको ऊंचाई ४२ फिट रहेको छ । सांचीदेखि ५ मेल सोनारीको नजिक ८ बौद्ध स्तूपा छ र  सांचीदेखि ७ माइल पर भोजपुर नजिक ३७ बौद्ध स्तूपा छ ।

६. चम्पानेर (पावागढ)

भारतकै गुजरातको बड़ौदादेखि २३ मेल अगाडी चम्पानेर स्टेशन छ । यहाँदेखि १२ माइल टाढा पावागढ स्टेशन छ । पावागढमा प्रसिद्ध बौद्ध स्तूपा छ, जहाँ भगवान गौतम बुद्धको अस्थि राखिएको छ । यो आठ प्रमुख बौद्ध स्तूपा मध्ये एक हो ।

७. पेशावर

यो स्थान पाकिस्तानमा छ, जसलाई बौद्ध कालमा पुरुषपुर भनिन्थ्यो । यहाँ सबैभन्दा बढी र उच्च स्तूपाको तलबाट भगवान गौतम बुद्धको अस्थि निकालेएको थियो ।

८. बामियान

अफगानिस्तानको बामियान क्षेत्र बौद्ध धर्म प्रचारको प्रमुख केन्द्र थियो । यसलाई बौद्ध धर्मको राजधानी मानिन्थ्यो । यहाँ भगवान बुद्धको ठूलो-ठूलो मूर्तिहरु आज पनि छन् । तालिबानीहरुले त्यहाँका बौद्ध मुर्तिहरुलाई तोप हानेर खन्डित गरिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई