२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धबारे जान्नैपर्ने यी ८ स्थान: जन्मस्थान लुम्बिनीदेखि बौद्ध धर्मको राजधानी अफगानिस्तानसम्म

१७ बैशाख २०७५, सोमबार १०:२१

भगवान गौतम बुद्ध आफ्नो जीवन कालमा जहाँ-जहाँ गए, उक्त स्थान बौद्ध तीर्थ बनेको छ । आज बुद्ध जयन्तीको मौका मा बुद्धको जन्मस्थलदेखि बुद्धको तीर्थ को रुपमा कहलाईएका स्थानबारे जानकारी दिनेछौं -

१. लुम्बिनी

नेपालको मध्येभाग, जो अहिले नेपालको ५ नम्बर प्रदेश अन्तर्गत पर्छ । त्यतिबेला सिद्धार्थ गौतम जन्मिएको गाउँलाई रुम्मिनदेई अथवा रुमिनोदेई लुम्बनीग्राम भनिन्थ्यो, अहिलेको लुम्बनीनै गौतम बुद्धको जन्मस्थान भएको कुरामा विश्व जान्दछ ।


२. बोधगया

यो स्थान भारतको बिहारको प्रमुख हिन्दू पितृ तीर्थ 'गया' मा अवस्थित छ । गया एक जिल्ला हो । यसै स्थानमा बुद्धले एक वृक्षको मुनि ज्ञान प्राप्त गरेका थिए ।

३. सारनाथ

यो स्थान भारतकै उत्तरप्रदेशको वाराणसी सँगै छ, जहाँ बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश दिएका थिए । यहींबाट उनले धम्मचक्र प्रवर्तन सुरु गरेका थिए ।

४. कुशीनगर

भारतकै उत्तरप्रदेशको देवरिया जिल्लामा रहेको यो स्थानमा महात्मा बुद्धले महापरिनिर्वाण (मोक्ष) प्राप्त गरेका थिए । गोरखपुर जिल्लाको कसिया नामक स्थाननै प्राचीन कुशीनगर हो । यहाँ बुद्धको आठ स्तूपामध्ये एक स्तूपा बनेकोछ, जहाँ बुद्धको अस्थि राखिएको थियो ।


५. सांची स्तूप

भारतको मध्येप्रदेशको भोपालदेखि २८ मेल टाढा सांची स्टेशन छ । यहाँ कयौं बौद्ध स्तूपाहरु छन् जसमध्ये एकको ऊंचाई ४२ फिट रहेको छ । सांचीदेखि ५ मेल सोनारीको नजिक ८ बौद्ध स्तूपा छ र  सांचीदेखि ७ माइल पर भोजपुर नजिक ३७ बौद्ध स्तूपा छ ।

६. चम्पानेर (पावागढ)

भारतकै गुजरातको बड़ौदादेखि २३ मेल अगाडी चम्पानेर स्टेशन छ । यहाँदेखि १२ माइल टाढा पावागढ स्टेशन छ । पावागढमा प्रसिद्ध बौद्ध स्तूपा छ, जहाँ भगवान गौतम बुद्धको अस्थि राखिएको छ । यो आठ प्रमुख बौद्ध स्तूपा मध्ये एक हो ।

७. पेशावर

यो स्थान पाकिस्तानमा छ, जसलाई बौद्ध कालमा पुरुषपुर भनिन्थ्यो । यहाँ सबैभन्दा बढी र उच्च स्तूपाको तलबाट भगवान गौतम बुद्धको अस्थि निकालेएको थियो ।

८. बामियान

अफगानिस्तानको बामियान क्षेत्र बौद्ध धर्म प्रचारको प्रमुख केन्द्र थियो । यसलाई बौद्ध धर्मको राजधानी मानिन्थ्यो । यहाँ भगवान बुद्धको ठूलो-ठूलो मूर्तिहरु आज पनि छन् । तालिबानीहरुले त्यहाँका बौद्ध मुर्तिहरुलाई तोप हानेर खन्डित गरिदिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता