८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी छैटौं पटक हार्यो दिल्ली: १३ रनले जित्दै चेन्नई IPL को शिर्ष स्थानमा

१७ बैशाख २०७५, सोमबार १८:३४

वैशाख १८, काठमाडौँ | जारी आईपिएल क्रिकेट सिजनको ३० औं खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभल्सबीच भएको क्रिकेट खेलमा चेन्नईले १३ रनले दिल्लीलाई पराजित गरेको छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीलाई चेन्नईले २१२ रनको लक्ष्य दिएको थियो जसलाई दिल्लीले पुरा ओभर खेल्दै ५ विकेट गुमाई १९५ रन मात्र जोड्दा लक्ष्यमा पुग्न नसक्दा पराजित भयो | 


चेन्नईले पहिले ब्याटिङ गर्दै पुरा ओभरमा ४ विकेट गुमाई २११ रन जोडेको थियो | चेन्नईको लागि ओपनर सेन वाटसनले सर्वाधिक ७८ रन बनाए | वाटसनले ४० बलमै ७ छक्का र ४ चौका प्रहार गर्दै ७८ रन बनाएका हुन् | त्यस्तै ओपनर फाफडुप्लेसिसले ३३ बलमा ३३ रन जोडे | त्यसपछि आएका सुरेश रैना भने २ बलमा १ रन मात्र जोडेर आउट भए | त्यस पछी आएका अम्बाती रायाडूले २४ बलमा ४१ रन जोडेर रन आउट भए | खेलमा नट आउट रही चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले अर्धसतक पारी खेल्दै २२ बलमा ५१ रन जोडे | यसरी चेन्नईले २११ रन बनाई दिल्लीलाई २१२ रनको लक्ष्य प्रस्तुत गर्यो | चेन्नईको विकेट लिने क्रममा दिल्लीका लागि अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले १/१ विकेट लिएका थिए | 


चेन्नईले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीका लागि ओपनर तथा क्याप्टेन सिमित रनमै आउट भएपछी दिल्लीलाई खेल सहज भएन तर पनि युवा खेलाडीको सानदार खेलका कारण दिल्लीले १९५ रन जोड्न सक्यो | २१२ रनको ठूलो लक्ष्य दिएको चेन्नईलाई अन्तिम ओभर बाँकी छँदा दिल्लीले निकै अफ्ट्यारोमा पार्ने देखिएको थियो | दिल्लीका मुख्य ब्याट्सम्यानहरु ओपनर पृथ्वी सावले ९ रन र कोलिन मुनरोले २६ रन बनाएर आउट भए | त्यसपछि आएका कप्तान श्रेयस ऐयर१३ रनमै रन आउट हुन पुगे | तर रिशव पन्तले खेलमा सानदार पारी सम्हाल्दै ४५ बलमा ७९ रन जोड्न सफल भए | उनीसंगै ठूलो साझेदारीमा सहयोग गरेका विजय शंकरले नट आउट ३१ बलमा ५४ रन बनाए |


खेलमा रिशवको विकेट गिरेपछी आएका ग्लेन म्याक्स्वेलले ६ रन मात्र जोड्न सके | त्यसपछि आएका राहुल तेवतियाले ४ बल खर्च गर्दै ३ रन मात्र जोडे | अन्तिम ३ ओभर खेलमा विजय शंकरले निकै राम्रो खेल्दा दिल्लीले सम्मानजनक स्कोर १९५ रन बनाउन सक्यो तर यो योगफल जितका लागि कमजोर बन्दा १३ रनले चेन्नईले खेल जित्यो | 

दिल्लीको विकेट गिराउने क्रममा चेन्नईका केएम असिफले २ विकेट लिए भने लुंगी निग्दी र रविन्द्र जाडेजाले १/१ विकेट लिएका थिए | खेल जितेसँगै चेन्नई आईपिएलको सबैभन्दा शिर्ष स्थानमा उक्लिएको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता