२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पदेखि क्यान्सरसम्म – कुकुरले यी ४ खतराबारे पहिलेनै सूचना दिन्छ, यसरी गर्छ इशारा

२०७५, १७ बैशाख सोमबार १९:५०

यस तथ्य शायद सबैलाई थाहा छ कि कुकुर एक इमान्दार जनावरको रुपमा मानिन्छ । केहि यस्ता कुरा छन्, जो कुकुरले मानिसभन्दा अघिनै संकेत पाईसकेको हुन्छ । संसारमा भएका फरक-फरक घटनाहरुमा घटना अगावै कुकुरले देखाउने फरक व्यवहारले पनि यस बिषयको प्रमाणित गर्छ । विशेषज्ञहरुको अनुसार कुकुरमा सुघ्ने क्षेमता निकै ज्यादा हुन्छ  । यसैले कयौं पटक यस्तो पनि हुन्छ कि हामीलाई एक पटक गएको कुनै बाटो फर्केर आउँदा भुल्नसक्ने हुन्छ तर कुकुरले भुल्दैन । 

यस्तै तरिकाले जब कुनै पोथी कुकुर घाममा आउँछ भने कयौं भाले कुकुरहरु पोथीलाई घेर्न आईपुग्छन्, किनकी पोथी कुकुरमा फिरोमेन्स हर्मोन हुन्छ । यसको साथै यस्ता केहि कुरा छन् जो मानिसहरुभन्दा पहिले कुकुरले अनुभव गर्छ । 

भूकम्प

अहिलेसम्म कुनै बैज्ञानिकले यो कुरा सावित गर्न सकेको छैन कि कुकुर भूकम्प आउनुअघिनै यसको सूचना कसरी दिन सक्छ ? बैज्ञानिकहरु नै मान्छन कि कुकुरले भूकम्प आउनु अघिनै त्यसबारे जानकारी पाईसकेको हुन्छ । त्यसैले पनि भन्न सकिन्छ कि यदी कुकुरले गर्ने संकेत बुझ्न सकिने हो भने भूकम्प अघि नै मानिसले बिपत्तिको सूचना पाउन सक्छ । 

भूकंप विशेषज्ञका अनुसार, कुकुर त्यस्तो इलेक्ट्रिक सिग्नललाई थाहा पाउन सक्छ कि जुन भूकम्प अघि प्रथ्वीबाट आउँछ । जापानमा २०११ मा भूकंप आएको थियो तब मानिसले यो थाहा पाएका थिए कि भूकम्प अगाबै कुकुरको व्यवहार परिवर्तन भएको थियो । शान्त कुकुर पनि भुकेर बहुलाएको जस्तो व्यवहार देखाउन थालेको थियो । त्यस्तै इसी चाइनामा १९७५ मा आएको भूकंप अघि नै कुकुरको ब्यबहार परिवर्तन भएको थियो । चाइनामा त्यतिबेलाको भूकम्पले २ हजार मानिस मारिएका थिए । 

खतरा

कुकुरलाई कुनै पनि खतराको संकेत मानिस भन्दा अघिनै थाहा हुन्छ । उसको अनुहारको भाउ र सरिरको भाषामार्फत सम्बन्धित व्यक्तिको सोच पत्ता लगाउन सक्छ । मानिस मात्र नभई बम पत्ता लगाउने, ड्रग पत्ता लगाउने जस्ता कुरा कुकुरले सुँघेर पत्ता लगाउँछ ।

प्रेग्नेन्सी 

यो कुरा अहिलेसम्म वैज्ञानिकहरुले प्रमाणित गरेका छैनन् तर कुकुर मानिसको सारीरिक भाषा, बास्ना र व्यवहारको माध्यम मार्फत गर्भवती भएको बारे जानकारी लिन सक्छ । गर्भ रहेको अवस्थामा जब महिलाको दिमाग, सारीरिक भाषा, व्यवहार, सरिरको आकार र बास्नामा जस्तो परिवर्तन आउँछ, त्यसलाई कुकुरले सहजै पत्ता लगाउन सक्छ ।

खतरनाक रोग 

कुकुरले क्यान्सर लागेको पत्ता लगाउन सक्छ । रिसर्चरहरुको अनुसार क्यान्सर टिश्यू जो केमिकल छाड्छ, उक्त केमिकल नर्मल टिश्यूभन्दा फरक हुन्छ र कुकुरले त्यस्तो केमिकलको फरक पहिचान गर्न सक्छ । क्यालीफोर्नियाको एक एक महिलाले यो नोटिस गरेकी थिइन् कि उनको कुकुरले उनको दायाँ छातीको स्पर्श गर्थ्यो । जब उनि डाक्टरकोमा गइन् तब उनलाई थाहा ब्न्हायो कि उनलाई दायाँ छातिमा क्यान्सर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल