वैशाख १८ काठमाडौं | वरिष्ठ वैदेशिक रोजगार व्यवसायी अब्दुल सत्तार नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनी ललितपुरको कुपण्डोलस्थित रहेको मिडिलइष्ट म्यानपारका सञ्चालक समेत रहेकासा छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न दोस्रो महाधिवेशनको बन्दसत्रले आइतबार राति सत्तारको नेतृत्वमा ५२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । ७५ सदस्यीय कार्यसमिति रहने संघमा बाँकी २३ जना अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।
संघको वरिष्ठ उपाध्यक्षमा मोहमद निजा मुद्दीन, उपाध्यक्ष रफिक मिया, फत्तेह मोहमद, अब्ताबुल अन्सारी, मोहमद जब्बादिन मिया, नुर मोहमद मिया, अकिल मिया, नजामुद्दीन अन्सारी, महिला उपाध्यक्षमा कौशर शाह, शाहीदा मिया र महासचिव मुत्तार अहमद निर्वाचित भएका छन् ।
यस्तै सचिवमा मोहमद सफिक मुसलमान, प्रवेज आलम, मोहमद कमरुद्दीन, जमिल अब्तर शेख, एकरामुल शेख, सराफद अलि, जमिला मिया, रहमदतुल्ला मिया, कोषाध्यक्षमा मोहमद जुनैद र सहकोषाध्यक्ष राजेन मिया निर्वाचित भएका छन् ।
४३ जिल्लामा संगठन रहेको संघमा ४१ जिल्लाका झण्डै ५ सय प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।