अनिल अधिकारी (काठमाडौँ) | प्रधानमन्त्री ज्यू, यो देशमा सपना धेरै बाडिन्छ, तर पुरा गर्ने पक्ष कति कमजोर छ, तपाइले ध्याननै दिन सक्नु भएको छैन । तपाइले कति बोल्नुभो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी (काठमाडौँ) | प्रधानमन्त्री ज्यू, यो देशमा सपना धेरै बाडिन्छ, तर पुरा गर्ने पक्ष कति कमजोर छ, तपाइले ध्याननै दिन सक्नु भएको छैन । तपाइले कति बोल्नुभो"/>
७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुकुन्देको मुकुन्दल्याण्डको सपना: प्रधानमन्त्री ओलीको ‘भ्रष्टाचार नसहने’ भाषण जस्तै !

१८ बैशाख २०७५, मंगलवार ०७:०८

अनिल अधिकारी (काठमाडौँ) | प्रधानमन्त्री ज्यू, यो देशमा सपना धेरै बाडिन्छ, तर पुरा गर्ने पक्ष कति कमजोर छ, तपाइले ध्याननै दिन सक्नु भएको छैन । तपाइले कति बोल्नुभो र के-के पुरा गर्नुभो ? सायद तपाइँलाई नै याद नहोला । यदी याद छैन भने हरेक दिनको पत्रिका पढ्नुहोस् र एउटा जिम्मेवार प्रधानमन्त्री बनेर सोच्नुस कि तपाइले बोलेका कति पुरा भए र पुरा हुने आधार के-के छन् ? 

मैले तपाइको बिरोध गर्दै छैन । बरु तपाइँलाई सहयोग गर्न खोज्दैछु । बरु तपाइको आँखा खोल्दैछु । जो बन्द अवस्थामा छन् वा देखेर पनि बुझ पचाउनु भएको छ ।

तपाइले यस अघि प्रधानमन्त्री बन्दा जे-जे भाषण दिनु भो, जे-जे परिकल्पना गर्नुभो, त्यो पुरा होलान ? परिकल्पना गर्ने मानिसको आफ्नै महत्व हुन्छ, त्यसलाई मैले पनि महत्वपूर्ण मानेको छु । तर आफ्नै कार्यकालमा के-के पुरा गर्ने हो त्यसमा ध्यान पुगेको खै ? म यो पनि गर्छु, त्यो पनि गर्छु भनेर १०० बर्ष पछी हुन सक्ने काम समेत ओगटेर गर्न कसरी सकिन्छ, भन्ने बारे किन सोच्नु हुन्न ? देशको अवस्था के छ ? अर्थतन्त्रले धान्न सक्छ-सक्दैन ? यदी धान्दैन भने कसरी धान्न सक्ने बनाउन सकिन्छ ? बुझेर बोल्नु पर्छ कि पर्दैन ? 

तपाईको नेतृत्वदेखि देशको प्रशासनसम्ममा हरेक कुना-कुनाले भ्रष्टाचारीहरुलाई नियालीरहेका छन् । हरेक सरकारी कार्यालयमा भ्रष्टाचार हुँदा तपाइँको एक्सन खै ? भाषणले मात्र हुँदैन प्रम ज्यू ! भाषण त रत्नपार्कमा मुकुन्देले बर्षौंदेखि गर्दै आएको कुरा हो । तपाइले पटक-पटक दोहोर्याई-तेर्ह्याई भनेको 'म भ्रष्टाचार गर्दिन र सहन्न' भनेको कुरा त्यहि मुकुन्देको मुकुन्दल्याण्डको परिकल्पना जस्तै हो । जो हरेक दिन रत्नपार्कको रुखमा बसेर अबके केहि बर्षमा मुकुन्दल्याण्ड बन्छ र त्यसको राष्ट्रपति मुकुन्द ढुंगाना बन्छ भन्दै कराउने गर्छन् । त्यसैले तपाइले बोलेको कुराको हेक्का त्यहाँ गएर बुझ्दा मुकुन्देले बोलेजस्तो कुरा बन्दैछ । अब तपाइले निर्णय लिनुस कि मुकुन्दे बन्ने कि भविष्यमा लेखिने र पढिने के.पी शर्मा ओली बन्ने ? 

तपाइले केहि दिन अघि भ्रष्टाचार सहन्न भन्दै बोल्नु भएको भाषाण दिउँसो कुनै सरकारी निकायमा सरकारी कर्मचारीबाट ठगिएर घर आएको एउटा सर्वसाधारणले सुन्यो भने कति हास्ला ? त्यसैले भ्रष्टाचार नियन्त्रणको कुरा गरेर हसाउन छाड्नुस प्रधानमन्त्री ज्यु । सक्नुहुन्छ भने नियन्त्रणमा जागरुकता देखाएर आफुले गरेको र वास्तविक भएको उपलब्धि देखाउनुस ।

तपाइकै जिम्मेवारीमा पर्ने गरि भ्रष्टाचारका अरु उदाहरण कयौं छन् – तर केहि त्यस्ता उदाहरण जसलाई तपाइ नेतृत्वको सरकारले कसरी नियन्त्रण गर्छ हेर्न बाँकी छ । तपाइकै पार्टीका महान नेताहरु, तपाईकै मन्त्रीमण्डल, तपाइकै पिएहरु, तपाइकै नियन्त्रणभित्र रहेका कर्मचारीदेखि कार्यकर्तासम्म, जब देशमा कुनै कुरामा रोक्का लाग्छ तब त्यसैमा प्वाल पारेर कमाउने धन्दा सुरु गर्छन । त्यस्तै कामले तपाइको पार्टी चल्छ, सायद ! निर्वाचनताका पैसा परिचालन गर्ने बजेट बनाउन कहाँबाट सुरु हुन्छ- हामी जस्ता सर्वसाधारणले बुझेकै कुरा हो । कतै-कुनै योजना बन्दैछ भने त्यो कसको स्वार्थको लागि बन्छ ? तपाइँलाई नै थाहा होला । किनकी त्यस्ता योजनाको प्रस्ताव आउने कुरा चल्ने बित्तिकै तपाइँका निकट स्रोतहरु सम्बन्धित ठाउँमा पुगेर फाइदा लुट्ने वा जग्गा हडप्ने र मुआब्जा लुट्नेसम्म गरेको कयौं उदाहरण छन् ।  

स्मार्ट सिटि भन्दै घोषणा गर्दिने अनि त्यसको व्यवस्थापन, पूर्वाधारको मतलबनै नगरी बस्दिने अनि जब तपाइको योजना जान्छन् तब त्यहाँ तपाइको सोच अनुसारको काम नबन्ने निस्चित छ । जब योजनानै बन्दैन भने त्यतिबेलासम्म कतिले कतिलाई त्यसै योजनाको बारे ठग्छन्, कति दलाल बन्छन भनेर साध्य छैन । तपाइँले बाहिरी चक्रपथको योजना ल्याउनुस वा रेल वा अरु कुनै, बन्नु अगावै चलखेल सुरु हुन्छ । 

प्रधानमन्त्री ज्यु, एउटा काम गर्न दुईतिरको निर्णय कुर्नुपर्ने त्यो पनि एउटाले गर भन्ने अर्को निकायले हुँदैन भन्ने बढो खेल खेल्ने ठाउँहरु राखिएका छन् । जहाँ तपाइका नेतादेखि कार्यकर्ता र तपाइको नियन्त्रणमा रहेका भ्रष्ट कर्मचारीहरुले करोडौं कमाउने बाटो पाएका छन् । दिउँसो सरकारी काम गर्ने मालपोतको कर्मचारी व्यक्तिगत कमाई भन्दै जब कुनै जग्गामा पुगेर १० मिनेट नापेको ५ हजार लिन्छ, जब उसले नापेको नापमा काम गर्न सजिलो हुन्छ, अरुले गरेको नापमा काम गर्न अफ्ट्यारो हुन्छ तब तपाइले बोलेको कुरा सुनेर हास्न मन लाग्छ । 

तपाइको मन्त्रीले एउटा बिषयको निर्णय गर्छन् तर त्यसमा पनि खेल्ने काम सुरु हुन्छ भने भ्रष्टाचार नियंत्रणको आशा कसरी गर्न सकिन्छ ? देशको अर्थतन्त्रलाई देश बनाउने आधारसित जोडेर हेर्ने हो भने नेपालमा भ्रष्टाचारकै कारण देशको राष्ट्रिय अर्थतन्त्र डामाडोल बनेको छ । बिकासको काममा हुने भ्रष्टाचारमा तपाइको पार्टीदेखि तपाइको मातहतमा रहेका निकायहरुले सक्रिय भूमिका खेल्ने गरेका छन् । जब हरेक बिकासको काममै भ्रष्टाचार छ भने तपाइले कसरी बोल्न सक्नुहुन्छ कि म भ्रष्टाचार सहन सक्दिन ?

कि तपाइँलाई भ्रष्टाचार कसरी हुँदैछ भन्ने हेक्का छैन ? छैन भने हरेक निकायमा जनता बनेर जानुस । अरु त अरु देशको समग्र नीति र आफुले पाएको जिम्मेवारी पुरा गर्नुपर्ने तपाइको मन्त्रालयहरुबाटनै कहिले सचिव त कहिले उपसचिवको भन्दै फोनहरुबाट व्यावसायीहरुलाई ब्ल्याकमेल हुने गरेको छ । केहि दिन अघि एकजना व्यावसायीलाई कानुन मन्त्रालयबाट सहसचिव भन्दै फोनबाट गंगालालमा विरामी परेको एकजना व्यक्तिको सहयोगार्थ रकम भन्दै चन्दा मागे । यस्ता कयौं उदाहरण छन् । आफ्नो मन्त्रालयको समग्र कामको जिम्मेवारी पुरा गर्ने अधिकारीनै चन्दा उठाएर बस्ने फुर्सद पाउँछन् भने तपाइको सपनामा मैले हास्न नपाउने ?  

यस्ता घटना निकै साना घटना हुन् प्रधानमन्त्री ज्यू । मलाई भन्दा कयौंगुणा बढी यस्ता कुराहरु तपाईलाई थाहा छ तर पनि तपाई त्यसको नियन्त्रण गर्न छाडेर बोल्दै मात्र हिड्न खप्पिस हुनुहुन्छ ।

तपाइले साच्चै देशको समृद्धि सोच्नुभएको हो भने यस्ता क्रियाकलाप कमी हुनुपर्यो । देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ, समग्र कुरा सकारात्मक दिशामा जानुपर्छ । विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा रहेको छ, जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाईंदैन । किनकी त्यस्ता देशको राजनीतिनै त्यस्तै भ्रष्टाचारको पैसाले चलेको हुन्छ । तपाइले नेतृत्व गरेको नेपालको वर्तमान स्थिति पनि यस्तै महा-भ्रष्टाचारको दवदवामा छ, त्यसैले देश बनाउने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन । प्रधानमन्त्री ज्यू, बोल्नुभन्दा बरु काम गर्नुस् । 

नेपालमा क्षेत्रगत आधारमा भ्रष्टाचार हुने सबैभन्दा बढी क्षेत्रनै राजनीतिक पार्टी हो । नेतादेखि कार्यकर्ता पोस्ने नाममा ७० प्रतिशत भ्रष्टाचार हुन्छ । यदी शक्ति अनुसार भाग लगाउने हो भने अहिलेको अवस्थामा तपाइको नेतृत्वमा रहेको एमालेले मात्र देशमा ३० प्रतिशतभन्दा बढी भ्रष्टाचार गर्छ । यदी तपाइले आफ्नो पार्टीका नेता, कर्मचारी युनियन र कार्यकर्तालाई मात्र सुधार्न सक्नु भयो भने भ्रष्टाचार  निवारणको लागि ठूलो राहत मिल्छ ।

अझ अहिलेको बाम गठबन्धनमा तपाइले सबै शक्तिको नेतृत्व लिनु भएकाले अबको ४ वर्षसम्म तपाइले देशको ७०% बढी भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न सक्नुहुन्छ तर के तपाईमा यसो गर्ने क्षमता छ ? यदी छैन भने  भाषणमा मात्र बोलेर भ्रष्टाचार नियन्त्रण हुँदैन प्रधानमन्त्रीज्यू ! 

पार्टी-पार्टीको कर्मचारी युनियन बनाएर भित्र-भित्रै भएका बेथितिहरुलाई हटाउनुको सट्टा सम्मान गर्ने गरिएको छ । अधिकांश सरकारी निकायमा तपाइँको पार्टीका सम्पर्क व्यक्ति छन् जसको माध्यमबाट नीतिगत भ्रष्टाचार हुन्छन् । कर्मचारी नियुक्तिदेखि मालदार ठाउँमा सरुवा गर्नेसम्मको काममा पैसाको चलखेलमा तपाइको नेतादेखि तपाइको कर्मचारी युनियनका अधिकारीसम्मको हात हुन्छ । पहिले आफ्नो पार्टी सुधार्नुस अनि कांग्रेस माओवादी सुध्रिन बाध्य हुन्छन । नसुध्रिए सकिन्छन् । 

त्यस्तै कानुनी र नीतिगत तहमा गरिने भ्रष्टाचारमा पनि तपाइँहरुको हदैसम्मको साथ छ । हालसालै चर्चामा रहेको साढे ३३ किलो सुन तस्करमा कसको हात देखियो ? तपाइँहरुले चाहेमा यसैगरी दैनिक एक्सन गर्न सक्नुहुन्छ तर के त्यसो भएको छ ? साढे ३३ किलो सुनले ६ महिना चर्चा पाउने हाम्रो देशमा दैनिक हुने भन्सार छली, तस्करी, हुण्डी कारोबार गौण बनेका छन् । त्यस्ता गौण तस्करीमा कसको साथ छ ? जिम्मेवारी लिनुस त्यसमा तपाइको समेत साथ छ । किनकी त्यसरी तस्करी गर्न पाउने वातावरण बनिरहेको छ । 

देशमा भ्रष्टाचार रोकथामका लागि झण्डै एक दर्जन, नियम कानूनहरू पारित गरी कार्यान्वयनमा ल्याइएका छन् । तर के ति नियमको पालना भएका छन् ? 

म जन्मदादेखि नै यो देशमा संक्रमण काल जारी छ, उमेर अब आधा-आधी भईसक्यो तर अझै उस्तै अवस्था छ । अब केहि सुधार होला भन्ने आशा हुँदा पनि यसरी क्षेत्रगत भ्रष्टाचार मौलाउंदैछ भने कसरी मेरो बाँकी उमेरमा समृद्धिको सपना देख्नु । उमेरको हिसावले मैले नदेखेको समृद्धि तपाइले देख्नु अर्को हाँसो लाग्दो कुरा हो ।  

संक्रमण र व्यावहारिक रुपमा नियमित अनुगमन नहुँदा मौकाको फाइदा छोपेर दुई नम्बरी धन्दा गर्नेहरूले विशेष फाइदा उठाइरहेछन् । जसको पार्टनर राजनीतिक पार्टीनै हुन् । तपाइको नेतृत्व रहेको राजनीतिक पार्टीले समेत परोक्ष रूपमा देशमा सञ्चालित विभिन्न ठूला परियोजनाको ठेक्का पट्टामा कमिशन लिने, लागत बढाउने, समयमा पूरा नगर्ने आदि गरेको अवस्था भनिराख्नुपर्ने कुरा हैन । त्यसमा पनि एनजीओ मार्फत हुने आर्थिक अपचलन कुरा गरि साध्य छैन । एनजीओ भन्दै विदेशबाट आउने पैसा सिधा सरकारलाई आउने हो भने देशको काचुली फेरिन्छ तर एनजीओले जनतालाई परजीवी झैं बनाएको कुरा तपाइँहरुलाई हेक्का छैन । यस्तै अवस्थामा आफ्नाले गरेको कमजोरी र आफ्नाले गरेको भ्रष्टाचार तपाइँलाई सामान्य लाग्छ भने तपाइले भ्रष्टाचार सहन्न भन्नु हाँसो लाग्ने कुरा हैन र ?

प्रधानमन्त्री ज्यु, यो देशमा 'तपाइँ'देखि 'म'सम्मको कारण भ्रष्टाचार मौलाईरहेको छ । तर म र तपाइँमा आकास र पातालको फरक छ, किनकी म यो देशको ३ करोडको भीडमा हराएको एक हुँ, तर तपाइँ यो देशकै तीन करोडको नेतृत्व गर्ने स्थानमा पुग्नुभएको एक हुनुहुन्छ, त्यसैले भ्रष्टाचार नियन्त्रणमा बोली भन्दा कामको सक्रियता देखाउनुस् । अन्यथा तपाइले सोचेको समृद्धि मात्र हैन अबको सताब्दी पछीका हाम्रा भावी सन्ततीले समेत समृद्ध नेपाल देख नपाउँदा तपाइँ-हामीलाई धिकार्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने