८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको द्रुतत्तर आर्थिक विकासको निमित्त मजदुरको भूमिका महत्वपूर्णः कमल थापा

१८ बैशाख २०७५, मंगलवार १४:२४

वैशाख १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले श्रमिकहरुको हक  हित र अधिकारको पक्षमा राप्रपा निरन्तर प्रतिबद्ध रहेको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघद्वारा १२९ औं अन्तराष्ट्रिय श्रमिक दिवस को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका ४० लाख श्रमजीवि युवाहरु विदेशमा श्रम गरिरहेको अवस्थामा मुलुक द्रुततर आर्थिक विकास गरि सामान्य रोजगारीका लागि विदेश जान नपर्ने अवस्थाको सिर्जना गर्ने राप्रपाको सपना र परिकल्पना रहेको उल्लेख गर्नुभयो । 

मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यता समाप्त हुँदै गएको तथा अधिनायकवादले प्रश्रय पाउँदै गएको अवस्थामा राप्रपाले लिएको संवैधानिक राजसंस्था सहितको लोकतन्त्र र सर्वधर्म समभाव सहितको सनातन हिन्दु राष्ट्रको औचित्य अझ टड्कारो हुँदै गएको उहाँले बताउनुभयो । जहाँ न्यायालय स्वतन्त्र र निष्पक्ष रहँन सक्दैन, प्रेस स्वतन्त्रता माथि अंकुश लाग्छ, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ, प्रशासनिक संयन्त्र कमजोर हुन्छ, त्यो राष्ट्र अगाडि बढ्न नसक्ने बताउँदै नेपालमा यिनै प्रवृत्तिको निरन्तर विकास हुँदै गएकोले राप्रपाले लिएको एजेण्डा झन प्रभावकारी बन्दै गएको उहाँले स्पष्ट पार्नुभयो । 


अहिलेको अवस्थाले निरन्तरता पाउँदै गएमा मुलुकमा धान्नै नसक्ने धार्मिक द्वन्द्वको खतरा रहेको बताउँदै अध्यक्ष थापाले धर्म परिवर्तन, भ्रष्टाचार र साम्यवादी अधिनायकवादलाई समाप्त पार्न सके मात्र  मुलुकमा  जनताले खोजेको परिवर्तन, मुलुकको समग्र आर्थिक विकास र स्थायी रुपमा लोकतन्त्र सुदृढ भएर जाने विचार व्यक्त गर्नुभयो । उहाँले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्रको पहिचानले मुलुकमा अहिले देखिएको चुनौतीको सामाना हुन सक्ने बताउनुभयो । यसको निमित्त राप्रपाले आत्मसाथ गरेको वैकल्पिक मार्गचित्रबाट मुलुक अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । साथै उहाँले समान विचारधारा भएका राष्ट्रवादी शक्तिहरु एक भएर आगामी चुनौतीहरुलाई सामना गर्नुपर्ने बताउँदै पार्टीले लिएको सिद्धान्तमा सवै अडिग रहनुपर्नेमा जोड दिनुभयो । 

विरगञ्जमा सम्पन्न हुने आगामी केन्द्रीय परिषद्को बैठकले पार्टीको भावी कार्ययोजना, रणनीति स्पष्ट पार्ने उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थापाले आगामी निर्वाचनमा बैकल्पिक शक्तिको रुपमा राप्रपा प्रस्तुत हुने प्रष्ट पार्नुभयो । 

कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्ग, उपाध्यक्ष टंक ढकाल, राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा,  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, टे«ड यूनियन महासंघका महासचिव हिक्मत जंग भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष  यादवराज पाण्डे, पूर्व प्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमाला, ट्रेड युनियन महासंघ भक्तपुरका अध्यक्ष लगायतले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । 

पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ कार्यक्रम आयोजक समितिका संयोजक इन्द्र चित्रकारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, कोषाध्यक्ष उद्धव पौडेल, प्रवक्ता भुवन पाठक लगाएत केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, पार्टीका भातृसंगठनका अध्यक्ष तथा पदाधिकारीहरु, ट्रेड यूनियन महासंघका पदाधिकारी सदस्यहरु लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने