२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी

२०७५, १९ बैशाख बुधबार ०१:५८

वैशाख १९, काठमाडौं | जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । 

धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ ।

मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।

अगामी ११ मई विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । प्रम मोदीले हेलिकोप्टरबाटै जनकपुर आउन लागेको प्रदेश सरकारको भनाई छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ ।

तीन वटा होलिकोप्टरलाई आवतरण गराउन फराकिलो जग्गाको आवश्यकता भएकोले अहिले सम्म स्थानीय रंगभुमि मैदानमै हेलिकोप्टर आवतरण गराउने गरि प्रदेश सरकारले तयारी गरेको छ । मोदी जनकपुरमा आवतवरण पश्चात जानकी मन्दिरमा पुजापाठ गर्ने बताईएको छ । मैदानबाट करिव ५ सय मिटरको दुरीमा रहेको जानकी मन्दिरमा पैदल वा गाडी जसरी गए पनि दुवै विकल्पमा प्रदेश सरकार तयारी गरिरहेको छ । त्यसका लागि जनकपुर उपमहागनरपालिकाले सो सडक खण्ड अर्थात रामानन्द चोकदेखि जानकी मन्दिरसम्म तत्काल कालोेपत्रे गर्न लागेको छ ।

जानकी मन्दिरमा पुजापाठसँगै जानकी मन्दिरले समेत मोदीलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मोदी भ्रमणको दिन मन्दिरमा विशेष पुजापाठको व्यवस्था गरिने बताए । जानकी मन्दिरमा रेड कार्पेट ओछयाउनको साथै जानकी मन्दिरले पनि आफ्ना तर्फबाट मायाको चिनो प्रदान गर्ने उनले बताए ।

जानकी मन्दिरबाट फर्केपछि पुनः वारहविघामा प्रम मोदीलाई जनकपुर उपमहागनरपालिकाले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ जउनपाका मेयर साहले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । नागरिक अभिन्नदनपछि करिव ५० हजार जन समुदायलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लाबाट मान्छे बोलाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव हरि फुयाँलले बताए । उनले भारतीय प्रम मोदीको जनकपुरमा दुई घण्टाको कार्यक्रम तय भएको बताए । – यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट