2026-08-26 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन तस्करी प्रकरण: पूर्वडीआईजी देखि व्यापारीसम्मका आरोपीविरुद्ध मुद्दा दर्ता हुँदै

वैशाख १९ काठमाडौं | ३३ किलो सुन तस्करीको विषय आज अदालत प्रवेश गर्दैछ । 

प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण रसनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गराउँदै छ । 

अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गराउन थालिएको छ । 

पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाइने छ । 

मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता हुनेछ । 

पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ । फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरिनेछ । 

बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुनेछ । 

सुन गायब र हत्यामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

छानबिन समितिमा गृहका सहसचिव पौडेल,राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, एसएसपी वसन्तकुमार लामा, गृहका उपसचिव भविश्वर पाण्डे, उपन्यायाधिवक्ता हरि रेग्मी,डीएसपी सुदीप पाठक,प्रहरी निरीक्षक भीष्म हुमागार्इं, कानुन अधिकृत भोजराज दाहाल र सइ सुमन कार्की कार्की छन् । 

को-कोविरुद्ध दर्ता हुँदैछ मुद्दा ?

प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई संगठित अपराध सम्वन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

त्यसैगरी प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारूविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ ।

व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङलाई पनि संगठित अपराधमा मुद्दा दर्ता गरिने छ ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई सनम हत्याका प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो ।

शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर-३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग