२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा बुद्ध पूर्णिमा महोत्सव

१९ बैशाख २०७५, बुधबार ०९:४८

वैशाख १९, काठमाडौँ । बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो । 

वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपाल, नर्वे, पाकिस्तान, फिलिपिन्स, रुसी महासंघ, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले शान्ति र दिगोपनाका निम्ति बुद्ध दर्शनको औचित्य र वर्तमानमा त्यसको सामयिकताबारे प्रवचन दिनुभएको थियो । 

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगका अनुसार नेपालका कार्यबाहक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले बौद्ध शिक्षाले करुणा, अहिंसा, क्षमा, सहनशिलताजस्ता सद्गुण सिकाएको बताउनुभयो । 

सांस्कृतिक सम्पदा संरक्षण गर्न नेपाल सरकारले बृहत्तर लुम्बिनी क्षेत्र विकास गुरुयोजना तर्जुमा गरिरहेको जानकारी दिँदै उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न त्यहाँ उपस्थित सबैलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य