2026-07-25 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन मिडियालाई कडाई गरिने, भ्रम छर्नेलाई दण्डित गरिने

वैशाख २०, काठमाडौँ (रासस) | कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अनलाइन पत्रकारितालाई कडाइका साथ अनुगमन र नियमन गर्नुपर्ने बताउनुभएको छ । 

न्युजलाइन मिडिया प्रालिको प्रथम वार्षिकोत्सव समारोहमा मन्त्री तामाङले मुलुकमा धेरैजसो अनलाइन खबर अनुमानका आधारमा चल्ने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले तथ्यपरक सूचनाका आधारमा समाचार प्रवाह गर्न सुझाव पनि दिनुभयो । 

पाठकलाई आकर्षित गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा गर्ने, मृत्यु नै नभएका राष्ट्रवादी नेताको नाम जुराएर मृत्युको अफवाह फैलाउने, व्यक्तिगत स्वार्थका आधारमा व्यक्तिको चरित्र हत्या गर्नेजस्ता कार्य गर्ने अनलाइन तथा त्यसका प्रकाशकलाई कारबाहीका लागि आवश्यक कानून बनाएर पनि दण्डित गरिने उहाँले बताउनुभयो । 

मन्त्री तामाङले मुलुकमा भ्रष्टाचार न्यून गर्ने, सुशासन कायम गर्ने, स्थानीय तहदेखि नै विकास निर्माण कार्यमा स्थानीय समुदायलाई सहभागी बनाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । 

निर्वाचनअगावै गठबन्धनले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न वर्तमान सरकार दृढ रहेको उहाँको भनाइ थियो । 

मिडियाका अध्यक्ष तथा कार्यकारी सम्पादक राजु भट्टले कृषि, पर्यटन, ऊर्जा, व्यापारलगायतका विषयलाई आधार बनाएर सञ्चालन भइरहेको न्युजलाइनले सही र सत्यपरक सूचना प्रसारण गर्दै आएको जानकारी गराउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक