खेलमा टस जितेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खेलमा टस जितेर "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईपिएलमा राजस्थानलाई ४ रनले जित्दै दिल्ली २ स्थान माथि उक्लियो

१९ बैशाख २०७५, बुधबार १९:४१

वैशाख २०, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत बुधबार भएको ३२ औं खेलमा दिल्ली डेयर डेभल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ |


खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको राजस्थानलाई दिल्लीले आकर्षक खेल खेल्दै १७.१ ओभरको खेलमा १९६ रन बनाउँदै गर्दा पानी परेपछि खेल रोकिएको थियो  | पछी खेल १२ ओभरमा झार्दै राजस्थानले १२ ओभरमा १५१ रनको लक्ष्य पछ्याउनु पर्ने भयो | 

उक्त लक्ष्यलाई पछ्याउने क्रममा राजस्थानले आक्रामक ब्याटिङ गरेको थियो | जसको कारण १२ ओभरको खेलको अन्तिम बलमा जितका लागि ६ रन मात्र आवश्यक रहँदा राजस्थानले २ रन मात्र बनाउन सक्दा दिल्ली ४ रनले जित्न पुग्यो | राजस्थानका लागि ओपनर डी आरसी सर्टले २५ बलमा ४४ रन बनाए | तर उनीसंगै ओपनरको रुपमा आएका जोस बटलरले २६ बलमै ६७ रन जोदेपछी दिल्लीलाई खेलमा निकै अफ्ट्यारो पारेको थियो | बटलरले २५७.६९ स्ट्राइकरेटका साथ आक्रामक पारी खेलेपछि खेल दिल्लीको हातबाट झन्डै फुत्किसकेको थियो तर उनि आउट भएपछी दिल्लीलाई केहि राहत मिल्यो | तेश्रो ब्याट्सम्यानका रुपमा आएका सन्जु सामसनले ५ बलमा ३ रन मात्र जोड्न सके | चौथा ब्याट्सम्यानका रुपमा आएका बेन स्टोक्स पनि १ रन बनाएर आउट भए | त्यसपछि आएका राहुल त्रिपाठीले ९ रन बानाए भने कृष्णपा गौतमले नट आउट ६ बलमा १७ रन जोडे | खेलमा गौतम दिल्लीका लागि भारी सावित हुन सक्थे किनकी गौतमको हातमा १ बल खेल्न बाँकी छँदा जितका लागि राजस्थानले ६ रन मात्र ल्याउनुपर्ने थियो तर २ रन मात्र जोड्दा दिल्लीले जित्न पुग्यो |

खेलमा राजस्थानको विकेट लिने क्रममा ट्रेन्ट बोल्टले २ विकेट लिए भने अमित मिश्र र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए | 

यस अघि पहिले ब्याटिङ गर्ने क्रममा दिल्लीका ओपनर पृथ्वी सावले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेका थिए | सावसंगै ओपनर ब्याट्सम्यान कोलिन मुनरोभने पहिलो बलमै बिना रन आउट भए | मुनरो आउट हुँदा दिल्लीले जम्मा १ रन जोडेको थियो | 

त्यसपछि आएका दिल्लीका कप्तान श्रेयस यैएरले कप्तानी पारी खेले उनले आजको खेलमा अर्धसतक बनाए | उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेका थिए | त्यसपछि चौथो ब्याट्सम्यानका रुपमा आएका रिशब पन्तले ६९ बनाए | पन्तले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए |


त्यसपछि आएका ग्लेन म्याक्सवेलले ५ बलमा ५ रन बनाएर आउट भए भने विजय शंकर ६ बलमा १५ रन बनाई आउट भए | त्यतिबेलासम्म दिल्लीले १९६ रन जोडेको थियो |  

बर्षाको कारण १८ ओभरमा समेटिएको खेलमा दिल्लीले १७.१ ओभरको खेलमा ब्याटिङ गर्दै गर्दा फेरी बर्षा हुनपुग्यो त्यसपछि खेललाई घटाई १२ ओभरमा झारियो र १५१ रनको लक्ष्य दिईएको थियो | दिल्लीको विकेट लिने क्रममा राजस्थानका जयदेव उनदकडले ३ विकेट लिए भने धवल कुल्करनी, जोफ्रा आर्चर र श्रेयस गोपालले १/१ विकेट लिएका थिए | 


आजको खेल जित्दै दिल्ली आठ टिम रहेको आइपिएल सिजन ११ को छैटौं स्थानमा उक्लिएको छ | ६ प्वाइन्ट पाएको दिल्ली भन्दा अगाडी रोयल च्यालेन्जर्स ब्यांग्लोर पाँचौं स्थानमा छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता