२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

२०७५, २० बैशाख बिहीबार १२:०५

वैशाख २० काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल र ओमन सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । 

उहाँहरुबीच आज मन्त्रालयमा आयोजित भेटमा सम्झौता मस्यौदामाथि छलफल गरी चाँडै दुई देशबीच श्रम सम्झौता गर्नेबारे कुराकानी भयो । छलफलमा मन्त्री विष्टले रोजगारीका लागि ओमन जाने नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका लागि द्विपक्षीय श्रम सम्झौता अत्यावश्यक भएकाले मस्यौदालाई छिट्टै अन्तिम दिएर सम्झौता गरिने बताउनुभयो । 

अहिले मन्त्रालयमा श्रम सम्झौताबारे मस्यौदामाथि अन्तिम छलफल भइरहेको छ ।

मस्यौदामाथि केही दिनको छलफल र निष्कर्षपछि सम्झौताको मिति तय गरिने राजदूत पराजुलीले बताउनुभयो । कामदारको सामाजिक सुररक्षा र रोजगारदाता मुलुकलाई थप जिम्मेवार बनाउनका द्विपक्षीय श्रम सम्झौता महत्वपूर्ण हुनेछ । भएको छ । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डललाई सम्वोधन गर्दै प्रधानमन्त्रीले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको बताउनु भयो । 

भेटघाटको सुरुवातमा दुई दिनअघि मात्र जिम्मेवारी सम्हाल्नु हुने अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृध्दि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गर्नु भएको थियो । उहाँले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको प्रधावकारी सुरुवात हुनु पर्नेमा जोड दिनु भएको थियो । 

जिफन्ट अध्यक्ष श्रेष्ठको प्रस्तुतिपछि प्रधानमन्त्रीले भन्नु भयो, हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध वलियो हुन्छ, कसरी उत्पादनमा वृध्दि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अनि अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवध्द छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार श्रमजिवी वर्गसँग घनिष्ट सम्बन्ध रहेकै कारण न्यायोचित  र उत्पादनमूलक बाटोमा अग्रसर भएको बताउनु भयो । 

प्रधानमन्त्रीले जिफन्टका नवनिर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना ज्ञापन गर्नु भयो । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीका प्रमूख सल्लाहकार एवं जिफन्टका निर्वतमान अध्यक्ष विष्णु रिमाल जिफन्टका संरक्षक रहनु भएको बताउनु थियो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ