२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाटीको निर्देशनपछी नेविसंघ केन्द्रस्तरको बैठक स्थगित ,अध्यक्ष महर अल्ममतमा परे

२०७५, २१ बैशाख शुक्रबार ०६:५२

वैशाख २१ काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरसँग असन्तुष्ट पक्षले बोलाएको केन्द्रीय समितिको बैठक रोकिएको छ | कांग्रेस केन्द्रीय समितिले रोक्न निर्देशन दिएपछिबैठक रोकिएको हो। 

 नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले अर्को निर्देशन प्राप्त नहुन्जेलसम्म लागि कुनैपनि बैठकको आयोजना नगर्न निर्देशन दिएका हुन् ।

बिहीबार चलेको बैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको थियो । बहुमत निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठक चलिरहेको अवस्थामा पार्टी कार्यालयबाट पत्र आएको महामन्त्री काफ्ले बताए । काफ्लेको अनुसार पत्र आउनुपूर्व केही निर्णय बैठकले गरेको थियो । जसमा विधि विधान विपरित मनोमानी ढंगले सभापतिले पदाधिकारी,  सदस्य, विश्व विद्यालय, जिल्ला, क्याम्पस,  सिटिइभिटी , विदेशस्थित सम्पर्क समितिहरुमा गरिएको मनोनयन खारेज गर्ने लगाएतको निर्णय भएको थियो ।

बैठकमा उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, प्रकाश राना, खड्क डागी, नवीन राई, सह महामन्त्री राजेश रौनियार, माधब ढकाल, परमेश्वर शाह, कृष्ण कार्की, ललिता सुनुवार, हरीहर शर्मा, कोषाध्यक्ष शिव रीमाल र केन्द्रीय सदस्यहरुसहित ८४ जना सहभागी भएको नेविसंघका केन्द्रिय सदस्य शुशिल भट्टले जानकारी दिए । नेविसंघको निर्वाचित केन्द्रीय समितिका १२९ जना मध्ये ८४ जना बैठकमा सहभागी हुनुले अध्यक्ष नैनसिंह महर अल्पमतमा परेको देखिन्छ । बैठक नेविसंघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ