२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मर या मार’ को खेलमा हैदरावादद्वारा दिल्ली ७ विकेटले पराजित

२०७५, २२ बैशाख शनिबार १८:२७

वैशाख २३, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत सिजन ११ को ३६ औं खेलमा दिल्ली डेयरडेभल्स ७ विकेटले पराजित भएको छ | दिल्लीको लागि 'मर या मार'को स्थितिमा रहेको आजको खेलमा दिल्लीले दिएको १६४ रनको लक्ष्य हैदरावादले १९.५ ओभरको खेलमा पुरा गर्दै आइपिएलको शिर्ष स्थानमा उक्लिएको छ | 


टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि ओपनर पृथ्वी साव र कप्तान श्रेयस एइएरबाहेक अन्य ब्याट्सम्यानले ठूलो स्कोर जोड्न सकेनन् | खेलमा पृथ्वी सावले ३६ बलमा ६५ रन जोडेका थिए | सावले खेलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए | ओपनर सावसँगै ओपनिङमा आएका ग्लेन म्याक्सवेल ३ बलमा २ रन मात्र बनाएर आउट हुन पुगे | म्याक्सवेल १.४ ओभरको खेलमै आउट भएका थिए जतिबेला दिल्लीले जम्मा ९ रनको स्कोर बनाएको थियो |


त्यसपछि खेलमा दिल्लीका कप्तान श्रेयस ऐइएर आए | उनले ३६ बलमा ४४ रन जोडेका थिए | तेश्रो विकेटको रुपमा कप्तान १५.१ ओभरमा आउट भए | त्यसपछि दिल्लीको खेल केहि खराब हुन पुग्यो जसको कारण १६.१ ओभर, १६.५ ओभरमा विकेट गुम्यो | साथै ब्याट्सम्यानहरुले राम्रो स्कोर जोड्न सकेनन् |

खेलमा कप्तान एयरपछी रिशव पन्तले १९ बलमा १८ रन मात्र जोडे भने नमन ओझा ४ बल खेलेर १ रन बनाई रन आउट भए | त्यसपछि आएका विजय शंकरले नट आउट रही १३ बलमा २३ रन जोडे भने दान क्रिस्टियनले नट आउट रही ९ बलमा ७ रन जोडेर दिल्लीको खातामा १६३ रन जोडे | दिल्लीको ५ विकेट लिने क्रममा हैदरावादका रासिद खानले २ विकेट लिए भने सिद्धार्थ कौलले १ विकेट लिएका थिए | 


खेलमा दिल्लीले दिएको १६४ रनको लक्ष्य पछ्याउने क्रममा सन्राइजर्स हैदरावादका लागि सर्वाधिक रन एलेक्स हल्सले ४५ रन जोडे | त्यस्तै अर्का ओपनर शिखर धवनले ३० बलमा ३३ रन बनाएर आउट भए | त्यस्तै हैदरावादको तेश्रो विकेटको रुपमा मनिष पाण्डे क्याच आउट हुनपुगे | उनले १७ बलमा २१ रन जोडेका थिए | 

खेलमा अन्तिम ओभरमा हैदरावादलाई १४ रन आवश्यक थियो तर हैदरावादका युसुफ पठानले सानदार खेल खेले उनले १२ बलमा २७ रन जोडे | उनको रनको योगदानले अन्तिम १ बल बाँकी छँदै हैदरावादलाई आवश्यक लक्ष्य पुरा भयो | हैदरावादको लक्ष्य पुरा गर्न काने विलियमसनले नट आउट रही ३० बलमा ३२ रन जोडेर सहयोग गरेका थिए | 


हैदरावादको ३ विकेट लिने क्रममा दिल्लीका अमित मिश्रले २ विकेट लिए भने लियम प्लुन्केटले १ विकेट लिएका थिए | 


आजको खेल हारेसँगै दिल्लीको अन्तिम ४ मा पुग्ने सम्भावना अटरेको छ | अब दिल्ली अन्तिम ४ मा पुग्ने सम्भावना अन्य टिमको खेलले निर्भर गर्नेछ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त