२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

२३ बैशाख २०७५, आईतवार ०८:१६

वैशाख २३ इस्लामावाद | पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ । 

घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ । 

पाकिस्तानको दक्षिणपश्चिमी बालुचिस्तान प्रान्तमा शनिबार दुईवटा कोइलाखानीमा छुट्टा छुट्टै विस्फोट भएको हो । 

पहिलो विस्फोट बलुचिस्तानको राजधानी क्वेटा नजिकै पर्ने पिर इस्मेल भन्ने ठाउँमा भएको समाचारमा जनाइएको छ । 

त्यस दुर्घटनामा परी मृत्यु भएकामध्ये १६ जनाको शव निकालिएको छ । 

घटनास्थलमा प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणको टोलीले उद्धार तथा खोजी कार्यको नेतृत्व गरेको थियो । 

कम्तीमा पाँच जना मजदुर अझै पनि पुरिएकाले अधिकारीहरुले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् । 

राजधानी क्वेटा नजिकैको मार्गीतमा भएको अर्को छुट्टै कोइलाखानीमा ग्यास विस्फोट हुदा कम्तीमा दुई जना मारिएका छन् भने १३ जना घाइते भएका छन् । 

घटनामा परी अरु दर्जन भन्दा बढी हराईरहेकाले उनीहरुको खोजी तथा उद्धार कार्य भईरहेको अधिकारीहरुले बताएका छन् । 

घाइतेहरुलाई स्थानीय मार्गीत अस्पतालमा लगिएको छ भने घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेमध्ये चार जनालाई क्वेटामा रहेको सिभिल अस्पतालमा लगिएको छ । 

दुर्घटनामा पर्नेमा अधिकांश मजदुरहरु रहेका छन् । उनीहरु साङ्ला जिल्लाका नागरिक हुन् । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम