३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

२३ बैशाख २०७५, आईतवार १०:११

वैशाख २३ काठमाडौँ | नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । 

समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त दरबन्दीमा तत्काल पदपूर्तिको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्था र स्थानीय तहका कार्यालयमा भौतिक संरचना तथा अति आवश्यक फर्निचर, औजार उपकरणको व्यवस्था गर्न माग गरेको छ । 

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको स्वेच्छिक अवकाशसम्बन्धी व्यवस्थालाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, प्रदेशमा स्वास्थ्य मन्त्रालय रहने संवैधानिक व्यवस्था तत्काल लागू गरी संघीयतामा जनस्वास्थ्य सेवाको अधिकारको प्रत्याभूति प्रदेशलाई सुम्पिनुपर्ने र स्वास्थ्य सेवाका कर्मचारलिाई निजामतिको कर्मचारीमा नमिलाई अलगै संरचनामा राख्नुपर्ने माग गरिएको युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो । 


स्थानीय तहका स्वास्थ्य सेवालगायत अन्य विषयगत शाखामा काम गर्ने कर्मचारीलाई असमान व्यवहार गर्ने गरेको पाइएको जनाउँदै घोषणापत्रमा एउटै कार्यालय र एउटै हाजिरीमा उपस्थित हुने कर्मचारीलाई समान व्यवहार गरिनुपर्नेमा जोड दिइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली